Thursday, June 7, 2012

को-को परे लोकप्रिय खेलाडीको मनोनयनमा ?

काठमाडौं । पल्सरस्पोर्टस् अवार्ड- २०६८ अन्तर्गत प्रदान गरिने विभिन्न आठ विधाका अवार्ड मध्ये एक पल्सर लोकप्रिय खेलाडीको मनोनयन बिहीबार सार्वजनिक गरिएको छ ।
नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले फरक पाँचखेलका मनोनयमा परेका २ पुरुष र ३ महिलासहित ५ खेलाडीको नाम सार्वजनिक गर्‍यो । खेलाडीको छनोट मञ्चका सचिव महेश आचार्यको संयोजकत्वमा गठित उपसमितिले गरेको हो । मनोनयनमा पर्ने पाँच खेलाडीमा क्रिकेटका शक्ति गौचन, फुटबलका भरत खवास, एथ्लेटिक्सकी सविताचौधरी, भलिबलकी रमिला तण्डुकार तथा टेनिसकी अश्लेषा लिसानेविच छन् । विजेताको घोषणा एसएमएस मतका आधारमा गरिनेछ । अवार्ड कार्यक्रम असार २० गते नेपाल प्रज्ञाप्रतिष्ठानमा हुँदैछ ।
आफूलाई मन पर्ने खेलाडीलाई मत दिन pulsar स्पेस खेलाडीको नाम र थरको पहिलो अक्षर टाइप गरी ३१३१ मा एसएमएस गर्नु पर्ने हुन्छ ।
यो वर्षदेखि ल्यान्ड लाइनफोनबाट पनि भोट गर्न सकिनेछ । त्यसका लागि १६०५ डायल गरेपछि आउने निर्देशनको पालना गर्नुपर्ने छ । भोटिङ लाइन बिहीबारदेखि नै खुला गरिएको छ ।
विजेतालाईयो वर्षदेखि बजाजको पल्सर मोटरसाइकल प्रदान गर्ने योजना रहेको मञ्चले जनाएको छ । यस बारे अन्तिम टुंगो केही दिनमा लाग्ने बताइएको छ ।
शक्ति गौचन, क्रिकेट
ट्वान्टीट्वान्टी विश्व कपको छनौट चरण सुरु हुनु पूर्व आइसीसीको एशोसियट र्‍याङ्कङ्गिमा १६औं स्थानमा रहेको नेपाल छनौट प्रतियोगीतामा उत्कृष्ट लय समात्दै सातौं स्थानमा उक्लन सफल भयो । त्यो यो सफलतामा शक्ति गौचनले १६ विकेट लिएर चर्चित क्रिकेट वेबसाईट क्रिकइन्फोले घोषणा गरेको डि्रम टिममा परेका थिए । शक्तिलाई भारतको ब्यवसायीक क्रिकेट लिग आईपिएलको चर्चित क्लब राजस्थान रोयल्सले ट्रायलमा गएका थिए ।
भरत खवास, फुटबल
रेडबुल शहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउने क्रममा १४ गोल गरेका । पुलिस क्लबलाई रेडबुल राष्ट्रिय लिगको उपाधि जिताउँदा ५ गोल गरे र उत्कृष्ट फरवर्डको पुरस्कार हात पारे । उनले वर्ष २०६८ मा विश्वकप छनौट चरण अन्तर्गत जोर्डन विरुद्धको घरेलु लेगमा उत्कृष्ट गोल गरेपछि खेल १-१ को बराबरीमा टुंगिएको थियो । साफ च्याम्पियनसिपमा नेपाललाई सेमीफाइनलसम्म पुर्‍याउँदा पाकिस्तान विरुद्ध उत्कृष्ट गोल गरेका थिए ।
सविता चौधरी, एथ्लेटिक्स
छैटौं राष्ट्रिय खेलकुदमा सविता चौधरीले १०० मिटर हर्डल्सको हिटमा राष्ट्रिय किर्तीमान बनाएकी थिइन् । ४०० मिटर हर्डल्समा पुनः अर्को राष्ट्रिय किर्तिमान बनाएकी थिइन् । राष्ट्रिय खेलकुदमा नै २ स्वर्ण पदक समेत जितेकी थिइन् ।
रमिला तण्डुकार, भलिबल
विद्यालय तहमा अध्ययनरत रमिलाले छैटौं र सातौं ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगीतामा उत्कृष्ट खेलाडी भइन् । विद्यालय स्तरीय भलिबल प्रतियोगीता र अन्य घरेलु प्रतियोगीतामा कहिले उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकर घोषित भइन् ।
अश्लेषा लिसानेभिच, टेनिस
छैटौं राष्ट्रिय खेलकुद, एपीएफ् लन टेनिस प्रतियोगीता एवम् विभिन्न उमेर समुह र विद्यालय स्तरिय टेनिस प्रतियोगीतामा स्वर्ण जित्न सफल खेलाडी हुन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी