Saturday, June 2, 2012

कवि अर्यालको 'अन्तर्मनका छालहरु' लोकार्पित


नारायणगढ । कवि धर्मराज अर्यालको चौथो काव्य कृति ‘अन्तर्मनका छालहरु’को एक कार्यक्रमकाबीच लोकार्पण  भएको छ ।
शनिबार चितवन पोष्टको कार्यालयमा एक कार्यक्रमकाबीच उहाँकी ८१ वर्षीया माता देवमाया अर्यालले कृतिको लोकार्पण  गर्नुभएको हो । कार्यक्रममा विशिष्ठ अतिथि प्रेम विनोद नन्दनले कविता र साहित्यका क्षेत्रमा कवि अर्यालको भूमिका अतुलनीय रहेको बताउनु भएको थियो ।
कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै समालोचक कपिल अज्ञातले कृति सुन्दर बनेको भन्दै सबैले पढ्नुपर्ने एवम् संग्रहणीय भएको बताउनुभयो । चितवनको साहित्यमा थप नयाँ अयाम थप्ने काम ‘अन्तरमनका छालहरु’ले गरेको अज्ञातको भनाई थियो ।
कार्यक्रममा साहित्यकारहरु गोविन्दराज विनोदी, धनराज गिरी, इन्द्र रेग्मी, प्राध्यापक डा. नारायणप्रसाद खनाल, अक्षर समूह चितवनका संयोजक संगीत आयाम लगायतले बोल्नुभएको थियो ।
२०१२ सालमा चितवनको कोराकमा जन्मनुभएका अर्यालका ‘मातृभूमिको गीत’ (२०३६), ‘सिर्जनका धुनहरु’ (२०५६), ‘तिम्रा मेरा बातहरु’ (२०६०) कवितासंग्रह यस अगाडि नै प्रकाशित भइसकेका छन् । चितवनको साहित्यक्षेत्र सँगसँगै पत्रकारितामा पनि उच्च योगदान पु¥याउनु भएका अर्याल चितवनको पहिलो राष्ट्रिय दैनिक चितवन पोष्टका सम्पादक पनि हुनुहुन्छ । चितवन पोष्टका प्रवन्ध निर्देशक जीवराज अर्यालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन बसन्त पराजुलीले गर्नु भएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी