Saturday, June 2, 2012

ज्यानको बाजी थापेर बाँदर लड्ने भीरमा (फोटो फिचर सहित )

पछिल्लो समय नेपालमा भीरमौरीको मह काढ्ने अर्थात् हनी हन्टिङ एक साहसिक खेलको रुपमा समेत परिचित हुन थालेको छ ।
बाँदर लड्ने भिर पहरामा डोरीको भर्यांग बनाएर ज्यानको बाजी थापेर मह काढ्ने महोत्सव अर्थात् मह सिकार महोत्सव नै हुने गर्छ लमजुङमा त ।
मह काढ्ने साहसिक खेलमा सहभागी हुन पाउनु पर्यटकहरुका लागि आनन्दको विषय बन्नसक्ला ।
तर नेपालका कतिपय पहाडी क्षेत्रका बासिन्दा आनन्दको लागि नभै जिवनयापनका लागि पहरामा सिँघौरी खेल्दै भीरमौरीका घारमा आगो झोँस्न बाध्य छन् ।
पूर्वी जिल्ला सोलुखुम्बुको बङ गाविसका राइ समुदायका मानिसमा पनि भीरमौरीको सिकार जिवनयापनको अभिन्न अंग जस्तै रहेको छ ।
भीरमौरीको महलाई निकै नै पवित्र मान्ने बङ उपत्यकाका चार गाउँका मानिस सामूहिक रुपमा भीरमौरीको सिकार गरी मह बाँडेर खान्छन् ।
एक जना प|mान्सेली पत्रकारले यहीँ गाउँका मानिसको भीरमौरी सिकारका दृश्यलाई क्यामरामा कैद गरी निकै नै राम्रो दृश्यचित्र तयार पारेका छन् ।
फोटोग्राफर इरिक टर्नेरेटले सोलुखुम्बु बङ गाविसका राइ समुदायका मानिसको ‘हनी हन्टिङ’ का साहसिक दृश्यहरु यसरी उतारेका छन्
जसलाई डेलीमेलले प्राथमिकताका साथ आफ्नो अनलाइन संस्करणमा प्रकाशित गरेको छ ।










onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी