Saturday, June 2, 2012

मनपर्‍यो भन्दैमा जे पनि गर्नुपर्छ र ?

बेनिशा हमाल, नायिका
नेपाली चलचित्रमा ‘स्वर’ मार्फत नेपाली सिनेमामा आएकी नायिका वेनिशा हमाल विस्तारै सिने उद्योगमा जम्दै छिन् । स्वर पश्चात केही सिनेमामा अभिनय गरीसकेकी बेनिशा छानेर मात्र सिनेमा खेल्ने वताउँछिन् । नायिका हमालसँग अनलाईनखवरका लागि विजय आवाजले गरेको कुराकानी:
अहिले नेपाली सिनेमामा सेक्स निकै विक्न थालेको छ, तपाइलाई कति आए यस्ता प्रस्ताव ?
प्रस्ताव आउनु त सामान्य नै हो । धेरै प्रस्तावलाई मैले स्वीकार गर्न सकिन् । समाजलाई यसले राम्रो गर्छ जस्तो लाग्दैन र त्यस्तो चरित्रमा न्याय गर्न सक्छु भन्ने पनि लागेन् ।
त्यसो भन्दा भोली सिनेमा नै नपाइएला नी ?
मेरो क्षमतामाथि मलाई विश्वास छ, त्यस्तै सिनेमा मात्र खेल्नु पर्छ भन्ने छैन् । अरु धारका सिनेमा पनि वनिरहेका छन् म त्यस्ता सिनेमा खेल्न चाहन्छु । अफर नआउला कि भन्ने लाग्दैन ।

सिनेमा उद्योगमा आउनुको कारण ?
खास कारण केही पनि छैन, म यो क्षेत्रमा आउँछु भन्ने पनि लागेको थिएन । अभिनयप्रतिको लगाव र मेहेनतले नै यहाँसम्म आएको हो ।
भिडियोमा हेरेकालाई दर्शकले सिनेमामा पत्याउदैनन् भन्छन् नि ?
त्यस्तो होईन । भिडियोमा काम गर्नु र सिनेमामा काम गर्नु भनेको कलाकारिताको दुई पाटो नै हो । राम्रो कलाकारलाई जहाँ पनि रुचाउँछन् ।
तपाईले सोंचेजस्तो रहेछ त सिनेमा उद्योग ?
धेरै कुरा सुनेकी थिएँ मैले । राम्रो पनि सुने नराम्रो पनि । मुख्य कुरा आफैंमा भर पर्ने हो । समय र परिस्थितीले पनि गलत वनाउँछ ।
यो क्षेत्रमा जति पनि हल्ला सुनिन्छ ती के हुन त ?
यो देखाउने ठाउँ हो, राम्रो भन्दा नराम्रो कुरा चाँडो फैलिने भएकाले पनि यस्तो भएको हो । दर्शकको आँखामा पर्दा लागेको छ, यो पर्दा हटाउन जरुरी छ । यहाँ फ्यान चलाएर पनि हावा चलाउन सकिन्छ ।
केही नायिकाको भुमिका र व्यवाहरले यो क्षेत्रलाई नै धक्का लागेको पनि भन्छन नी ?
शिक्षाको अभाव भएकाले पनि उहाँहरुलाई यस्तो भएको हो । यो क्षणिक मात्र हो ।
सवैभन्दा मिठो पकाउने खानेकुरा ?
मलाई माछा मिठो पकाउछु ।
पहिलो प्रेम याद छ ?
छैन् त्यस्तो । सानो छँदादेखि नै मलाई राजेश हमाल मनपथ्र्यो ।
प्रेम प्रस्ताव त आए होलान नि ?
साथीहरुले त मनपराउने कुरा मात्र हो ।
कुनै युवक जो सँग डेट जान मन लागेको छ ?
रोमट प्याटीन्सन, यो ट्वाईलाईटको अभिनेता हो ।
नेपालभित्रै चाहिं ?
राजेश हमाल नै ।
राजेश हमालको के कुरा मनपर्छ ?
उहाँको व्यक्तित्व र हाईट पनि ।
कस्तो युवकले आकर्षण गर्छ ?
आर्कषक ब्यक्तित्वले नै । यतिले मात्र पुग्दैन, हरेक कुरामा पर्फ]{ट हुनुपर्छ ।
त्यस्तो मानिस फेला परेको छैन् ?
अहिलेसम्म त त्यस्तो कोही भेट्न सकेको छैन् ।
अव कस्तो सिनेमा खेल्ने रहर छ ?
यस्तो कथा होस, जहाँ म अभिनय गर्ने पात्रले जीवन परिवर्तन गरिदियोस् ।
विहे कहिले गर्ने त ?
सोंचेकै छैन, अहिल्यै के को हतार भो र ?
राजेश हमाल त खुव मन पर्दोरहेछ, हमालसँग बेड सिनको अफर आयो भने गर्ने हो ?
मन पर्यो भन्दैमा सवै कुरा गर्नु पर्छ भन्ने छैन् ।
सिनेमा क्षेत्रलाई सम्मानजनक वनाउन के गर्नु पर्ला जस्तो लाग्छ ?
जो पनि कलाकार वन्ने, कसैले पैसा लगानी गरेर आउन सक्ने हुन्छ यहाँ । यसैले एउटा दायरमा वनाउनु पर्छ जसले गर्दा कलाकारलाई यहाँ आउन धेरै कुराको आवश्यकता होस, ती पुरा भएपछि मात्र कलाकार बन्न पाउने अबस्था होस् ।
अन्त्यमा, सेक्स सिनेमामा अभिनय गर्न तल्लिन भइरहेका सकमालिन नायिकाहरुलाई के भन्नुहुन्छ ?
कलाकारितालाई मजाकको रुपमा नलिनुहोस् । यसलाई सम्मान गर्नुहोस् । अनि मात्र यसले तपाईलाई सम्मान दिन्छ । गलत कदम चाल्दै हुनुहुन्छ भने, घरमा वसेर ऐना हेर्नुहोस् र सोच्नुहोस् । या वेलुका गएर मैले आफुलाई ऐना मा हेर्नुपर्छ भनेर सोच्नुहोस्, तपाईको कदम आफै रोकिन्छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी