Saturday, June 2, 2012

तीन बर्षमा ४० प्रतिशत नेपाली इन्टरनेटमा

काठमाण्डौं । तीन बर्षभित्र ४० प्रतिशत नेपालीको पहँचमा इन्टरनेट पुर्‍याउने लक्ष्य लिएर ब्रोडब्यान्ड नीतिको मस्यौदा तयार भएको छ ।
दूरसञ्चार प्राधिकरणले चार बर्षअघि तयार पारेको मस्यौदालाई संशोधनसहित स्वीकृतिका लागि सञ्चार मन्त्रालयमा पठाउने तयारी गरेको छ । मस्यौदाले सन् २०१५ भित्र कम्तिमा ५१२ किलोबिट प्रतिसेकेन्ड (केबिपिएस) स्पिडको इन्टरनेट पुर्‍याउने लक्ष्य राखेको छ ।
सहरी क्षेत्रमा उपभोक्ताले चाहेको खण्डमा १० मेगाबिट (एमबी) सम्मको इन्टरनेट प्रयोग गर्न पाउने सुनिश्चितता सहितको नीति बनाएको प्राधिकरणका निर्देशक आनन्दराज खनालले जानकारी दिनुभयो ।
टेलिकम र एनसेलले प्रयोगमा ल्याएको वाएरलेस इन्टरनेट सेवा बढी महंगो भएको गुनासो आईरहेका बेला आफूहरुको बजार विस्तार गर्न र धेरैभन्दा धेरै नेपालीका घरआगनमा पुग्न सहज हुने निर्देशक खनालले जानकारी दिनुभयो । खनालका अनुसार तीन बर्षमा ४० प्रतिशत भन्दा बढी नेपालीले इन्टरनेटको सदुपयोग गर्न पाउने छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी