Saturday, June 2, 2012

अब चिनियाँ एटीएम पनि चल्ने


काठमाण्डौं । राष्ट्र बैंकले चीनसँग ट्रेजरी बिल्समा लगानी गर्ने बाटो खालिदिन आग्रह गरेको छ । अमेरिकामा राखिएको पैसाबाट तीन वर्षयता प्रतिफल कम हुन थालेपछि केन्द्रीय बैंकले छिमेकी बजार खोज्न थालेको हो ।
पछिल्लो समय भारतमा रकम बढाउन थालेको राष्ट्र बैंकले उत्तरी छिमेकीलाई पनि आग्रह गरेको हो । ‘हामीले पिपुल्स बैंक अफ चाइनालाई त्यहाँ लगानी गर्ने बाटो खोलिदिन आग्रह गरेका छौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘उताबाट जवाफ आइसकेको छैन ।’  पिपुल्स बैंक चीनको केन्द्रीय बैंक हो । भारतको रिजर्भ बैंकमा राष्ट्र बैंकले करिब ४५ अर्ब भारतीय रुपैयाँ (भारु) लगानी गरेको छ । त्यहाँबाट सात प्रतिशतभन्दा बढी प्रतिफल पाइएको ती अधिकारीले बताए ।
 आर्थिक मन्दीका कारण अमेरिकामा ब्याजदर घट्न थालेको अवस्थामा नेपालले चीनतर्फ नजर लगाएको हो । २००८ डिसेम्बरयता यूएस ट्रेजरीको बट्टादर एक प्रतिशतभन्दा कम छ । राष्ट्र बैंकले ६० प्रतिशतभन्दा बढी विदेशी मुद्रा अमेरिकी डलरमा लगानी गरेको छ । यसबाहेक युरो, पाउन्ड, जापनी येन र अस्ट्रेलियन डलरमा पनि रकम जम्मा गरेको छ । चैत मसान्तसम्मको तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति ३ खर्ब ८६ अर्ब रुपैयाँ छ । त्यसमध्ये राष्ट्र बैंकसँग ३ खर्ब २१ अर्ब रुपैयाँ छ । केन्द्रीय बैंकले त्यही रकमलाई विभिन्न क्षेत्रमा लगानी गरी ब्याज आम्दानी गर्ने गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
चिनियाँ ट्रेजरीमा लगानी गर्दा तीन प्रतिशतको हाराहारीमा प्रतिफल आउने र जोखिम नहुने भएकाले राष्ट्र बैंक त्यता आकषिर्त भएको हो । यस वर्ष राष्ट्र बैंकले करिब ४ अर्ब रुपैयाँ लाभांश सरकारलाई बुझाउने देखिएको अर्थसचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए । राष्ट्र बैंकले आफ्नो नाफाको ८० प्रतिशत रकम सरकारलाई बुझाउँछ ।
नाफाको अर्को १५ प्रतिशत रकम साधारण रिजर्भलगायत कोषमा जम्मा गरेर राख्छ । यसरी हेर्दा केन्द्रीय बैंकको नाफा चालू आर्थिक वर्षमा करिब ५ अर्ब रुपैयाँ हुने देखिन्छ ।
चिनियाँ एटीएम चल्ने
 राष्ट्र बैंकले गरेको आग्रह स्वीकार भए चिनियाँ बैंकले जारी गरेको एटीएम कार्ड नेपालका मेसिनमा स्वीकार्य हुनेछ । चिनियाँ पर्यटकहरू बढ्दै गएपछि राष्ट्र बैंकले त्यहाँको केन्द्रीय बैंकमा लगानीसँगै एटीएमबाट भुक्तानीको व्यवस्था गरिदिन पनि आग्रह गरेको छ ।
‘त्यहाँका बैंकले जारी गरेको एटीएम यहाँ चल्न मिल्ने प्रस्ताव चीनले मान्ने हो भने पर्यटकलाई सजिलो हुनेछ,’ केन्द्रीय बैंकका उच्च अधिकारीले भने । करिब नौ वर्षअघि दुई देशबीच भएको सम्झौताअनुसार चिनियाँ युआनलाई नेपालका बैंकहरूमा साट्न मिल्ने व्यवस्था छ । ‘चीनले यस्तो सुविधा अन्यत्र नदिने गरेको सन्दर्भमा नेपाललाई भने छिमेकीको नाताले दिएको हो,’ केन्द्रीय बैंकका एक पूर्वअधिकारीले बताए ।
अहिले डलर खातामा रकम जम्मा भएका मास्टर, भिजालगायत अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त कार्ड नेपालमा स्वीकार्य हुन्छन् । भारतको हकमा भने भारुमै खाता खोलेर जारी भएका यस्ता कार्ड नेपाली एटीएममा चल्छन् । यसैगरी नेपालका कार्ड पनि भारतमा चल्छन् ।
सन् २०११ मा करिब ७५ हजार चिनियाँ पर्यटक नेपाल घुम्न आएका थिए । पाँच वर्षअघिको तुलनामा यो ५ गुणा बढी हो । पर्यटकको वृद्धिसँगै भुक्तानीको सहज व्यवस्था खोज्न थालिएकाले केन्द्रीय बैंकले उक्त आग्रह गरेको हो ।
यसैगरी दुई देशका बैंकहरूबीच सम्बन्ध विस्तार गरेर व्यापारको भुक्तानीलाई सहज बनाउने योजना पनि केन्द्रीय बैंकको छ । दुई देशबीच गैरबैंकिङ माध्यम (हुन्डी) बाट भुक्तानी हुन थालेपछि आपराधिक घटनासमेत बढ्न थालेका 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी