नेपालगन्ज । विघटित संविधान सभाका पूर्व उपाध्यक्ष पूर्णाकुमारी सुवेदीले
दलीय स्वार्थभन्दा माथि उठ्न नसक्ने प्रवृतिका कारण संविधान निर्माण हुन
नसकेको बताउनुभएको छ ।
मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिद्वारा आइतबार यहाँ आयोजित खेलकुद शिक्षक तालिम उद्घाटन समारोहमा उहाँले सबै मुद्दामा सहमति भइसकेको अवस्थामा राज्य पुनःसंरचनाका मुद्दामा दलहरुले सुझबुझ देखाउन नसक्दा नेपाली जनताले संविधान पाउन सकेनन् भन्नुभयो ।
उपाध्यक्ष सुवेदीले भौतिक पूर्वाधारको अभावमा खेलाडी र खेल क्षेत्रको विकास हुन नसकेकाले राज्यको ध्यान त्यसतर्पm केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । समितिका अध्यक्ष अक्कलबहादुर बमले पहिलो पटक सञ्चालन गरिएको यसखाले तालिमले ग्रामीण बस्तीमा समेत खेलकुदको विस्तार र विकास गर्न मद्दत पुग्ने विश्वास गर्नुभयो ।
मध्यपश्चिमाञ्चलका १५ जिल्लाका विद्यालय शिक्षक तथा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका खेलाडी गरी १३० जनाको सहभागिता रहेको तीन महिने सो तालिममा एथ्लेटिक्स, भलिबल, फुटबल, टेबल टेनिस, क्रिकेट, खेल विज्ञानसम्बन्धी विषय समावेश गरिएको छ

No comments:
Post a Comment
Thanx for your comment