Sunday, August 26, 2012

गजल


विधुर ‘प्रिय सिर्जन’

ओठ टोकी तिमी मुस्कुराउँदा यो मन हर्षित छ,
भावुक नहोउ तिमी, तिम्रा नयनमा आँशु वर्जित छ ।

तिमी यती सुन्दर छ्यौ कि म लठ्ठ भए तिम्रो रुपमा,
डर लाछ, कतै दुनियाँ लठिन्छकी यो मन त्रषित छ ।

तिम्रो सामु के छ कुन्नी यो मन नै डगमगाउँछ
शास रोकिन्छ चाल वढ्छ धड्कनको मुटु यो गर्जित छ ।

पास सँधै आउ म भन्छु किन तिमी पर पर हुन्छ्यौ
तिम्रै कल्पनामा यो सिर्जन प्रेम रोगले ग्रषित छ ।

के वखान गरु म तिम्रो खै छैनन् शव्द, सून्य छु म यहाँ
वोल्न खोज्छु तिमीसँग खै के हुन्छ, ओठ थर्कित छ ।
वुटवल रुपन्देही, हालः भरतपुर, चितवन


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी