भरतपुर । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादीले सहमतीय राजनीतिक
यात्रालाई बिर्सेर एकलौटी ढंगले राज्य सञ्चालन गरेका कारण मुलुकमा
राजतन्त्रको झल्को आएको बताउनुभएको छ । उहाँले एमाओवादीको नाममा तत्कालीन
राजाले विगतमा जस्तो एकलौटी सत्ता सञ्चालन गर्न खोजेको समेत आरोप लगाउनुभयो
।
नेकपा एमाले चितवनले शनिबार भरतपुरमा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधनको क्रममा उपाध्यक्ष गौतमले माओवादी भारतीय शासकहरुको इच्छा पूरा गर्न लागिपरेको भन्दै माओवादीलाई विखण्डनकारीको मतियारको संज्ञा दिनुभयो ।
जातीय राज्यका नाममा देशलाई टुक्र्याउन खोज्ने माओवादीको चालबाजी सफल हुन नदिन जस्तोसुकै आन्दोलन छेड्न पनि आफूहरु पछि नपर्ने गौतमको दावी थियोे । उहा“ले देशलाई बर्बादीतर्फ लैजाने तानाबुना बुनेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनताले ठेगान लगाउने चेतावनी दिनुभयो ।
आन्दोलनको आँधीबेहरी सिर्जना गररै भएर पनि सरकार ढालिने नेता गौतमको भनाइ थियो । जातीय राज्यले मुलुकलाई मुठभेडतर्फ लैजाने उहाँले एमाले जातीय राज्यको विरोधी रहेको धारणा राख्नुभयो । कम्युनिष्ट पार्टीलाई जातीय राज्यको नीति लिने विषय त परै जाओस् कुरा गर्नसमेत नसुहाउने उहाँको तर्क थियो ।
एकीकृत नेकपा माओवादी र मधेशवादी दलहरुको अपवित्र गठबन्धनबाट देश संकटतर्फ धकेलिएको भन्दै उहाँले संसारमा कहिँपनि जातको राज्य नभएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसारभर एकैजातको राज्य छैन, जातीय राज्यमात्र छ ।’
मधेशवादीहरुको नाम सुन्नसमेत नचाहने माओवादी पछिल्लो समय उनीहरुसँगै साँठगाठ बढ्नुलाई नेता गौतमले गम्भीर षडयन्त्रको संज्ञा दिनुभयो । उहाँले जात–जातका बीचमा भिडन्त गराएर सत्ता कब्जा गर्नेे योजना सफल नहुने धारणा राख्नुभयो ।
जनताको साठी वर्षको संघर्ष स्वरुप उपलब्ध संविधानसभालाई सारा जालझेल र तिड्कमबाट माओवादीले अवसान गराएको जनताले बुझिसकेको बताउँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि दलहरुबीच एकता अपरिहार्य रहेको बताउनुभयो ।
माओवादीले सम्झौता र सहमति कार्यान्यन नगरेका कारण मुलुकमा राजनैतिक गतिरोध उत्पन्न भएको भन्दै उहाँले आफ्नो हठ त्यागेर सहमतिमा आउन आग्रह गर्नुभयो ।
नेकपा एमाले चितवनका अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णभक्त पोख्रेल, सचिव अरुण पिडित भण्डारी, युवा संघ चितवनका अध्यक्ष प्रल्हाद प्रधानलगायतले बोल्नुभएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment