Wednesday, June 13, 2012

४७.१६ प्रतिशत उतिर्ण, एकै विद्यालयका २ सय ९७ बिद्यार्थीको परीक्षा रद्द


vie ekantipur
भक्तपुर, जेष्ठ ३१ - परीक्षा नियन्त्रण कार्यालयका अनुसार जनता माध्यमिक बिद्यालय, महतगाउँ, जुम्लाका २ सय ९७ बिद्यार्थीको परीक्षा रद्द गरिएको छ । परिक्षामा अनियमितता गरिएको भन्दै परीक्षामा खटिएका अधिकारी तथा शिक्षकहरुसमेत कारवाही गरिएको जनाएको छ । साथै उक्त विद्यालयलाई दुई बर्षका लागि परीक्षामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको बताइएको छ ।

..........................................................

फलामे ढोकाको रुपमा मानिने एसएलसीमा यस बर्ष नियमित तर्फ ४७.१६ प्रतिशत उतिर्ण भएका छन् र एक्सज्यम्टेड तर्फ १३.७० प्रतिशत उतिर्ण भएका छन् । नियमिततर्फ कुल ४ लाख १९ हजार १९ सहभागी मध्ये १ लाख ९७ हजार ६ सय ३८ उतिर्ण भएका छन् । त्यस मध्ये डिस्टिङसनमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २ सय ९७, दोस्रो श्रेणीमा ९३ हजार ८ सय ३० र तेस्रो श्रेणीमा ८ हजार ७ सय ९१ उतिर्ण भएका छन् । त्यसैगरी

एक्जम्टेड तर्फ कुल ७६ हजार ९ सय ७९ सहभागी मध्ये १० हजार ५ सय ९५ उतिर्ण भएका छन् । त्यसमध्ये पहिलो श्रेणीमा १ सय २६, दोस्रो श्रेणीमा ७ हजार ५ सय ९५ र तेस्रो श्रेणीमा २ हजार ८ सय २८ उतिर्ण भएका छन् । परिक्षामा पाँच नम्बर ग्रेस दिइएको थियो ।

.................................................................................

यसबर्षको एसएलसी नतिजा विगतको भन्दा कमजोर देखा परेको छ । गत बर्ष करिव ५६ प्रतिशतले एसएलसी उतिर्ण गरेका थिए । त्यसको तुलनामा यस बर्ष झण्डै १० प्रतिशतले कम विद्यार्थी उतिर्ण भएका छन् । त्यसका साथै आधा बन्द पनि कम मात्र विद्यार्थी उतिर्ण हुनले पनि नतिजा कमजोर देखाएको छ ।

........................................................................

नतिजा :

नियमिततर्फ कुल सहभागी – ४ लाख १९ हजार १९

उतिर्ण संख्या – १ लाख ९७ हजार ६ सय ३८ (४७.१६)

डिस्टिङसन – १७ हजार ७ सय ६०

पहिलो श्रेणीमा उतिर्ण – ७७ हजार २ सय ९७

दोस्रो श्रेणीमा उतिर्ण – ९३ हजार ८ सय ३०

तेस्रो श्रेणीमा उतिर्ण –  ८हजार ७ सय ९१

एक्जम्टेड तर्फ कुल सहभागी संख्या– ७६ हजार ९ सय ७९

उतिर्ण संख्या – १० हजार ५ सय ९५

पहिलो श्रेणीमा उतिर्ण  – १ सय २६

दोस्रो श्रेणीमा उतिर्ण – ७ हजार ५ सय ९५

तेस्रो श्रेणीमा उतिर्ण – २ हजार ८ सय २८

परिक्षामा पाँच नम्बर ग्रेस दिइएको छ ।

 ......................................

 फलामे ढोकाको रुपमा मानिने एसएलसीको नतिजा आज साँझ प्रकाशित गरिने भएको छ । नतिजा हेर्नका लागि भन्दै विद्यार्थी तथा विद्यालय सञ्चालकहरुको भक्तपुरस्थित परिक्षा नियन्त्रण कार्यालायमा भीड लागेको छ ।

बोर्डको बैठक अझै जारी रहेको छ ।

.........................................

 रात परेपछिमात्रै नतिजा प्रकाशन गर्ने परम्परा तोड्दै यसवर्ष एसएलसी परीक्षाको नतिजा साँझ आउने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसीको नतिजा साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने उपनियन्त्रक अम्विकाप्रसाद रेग्मीले जानकारी गराएका थिए । नतिजा प्रकाशनका लागि साँझ ४ बजे बोर्ड बैठक बस्नेछ ।

शिक्षा सचिव, शिक्षा विभागका महानिर्देशक, पाठ्यक्रम विकास केन्द्रका निर्देशकलगायतको उपस्थितिमा परीक्षा समितिको बैठक भने मध्यान्ह बस्यो ।

नतिजा प्रकाशित भएपछि हुन सक्ने सम्भावित घटना रोक्न यसअघि नै सुरक्षा निकायलाई निर्देशन दिइएको छ । यसै बिषयमा छलफल गर्न मंगलबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारी पनिकामा पुगेका थिए ।

'आज नतिजा सार्वजनिक गर्ने तयारी छ, सुरक्षा मजबुत बनाई दिनुपर्‍यो भनेका छन्,' सुरक्षा निकायका एक अधिकारी भने । रुजु सकिएपछि कम्प्युटरमा सबै परीक्षार्थीको नम्बर ईन्ट्री गर्ने काम पनि अन्तिम चरणमा पुर्‍याइएको छ ।

यसवर्षको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २८३ जना गरि मुलुकभरबाट कूल पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थी गरी ५ लाख २८ हजार २ सय ५७ जनाले परीक्षा दिएका छन् ।

प्रकाशित मिति: २०६९ जेष्ठ ३१ ०९:००

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी