Monday, July 16, 2012

माओवादी विस्तारित बैठक सुरु

काठमाण्डौं । एकीकृत नेकपा माओवादीको सातौ बिस्तारित बैठक काठमाण्डौंमा सुरू भएको छ । काठमाण्डौंको भृकुटीमण्डप जारी बैठकको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घघाटन गर्नुभएको छ ।
पार्टीका बरिष्ट उपाध्यक्ष समेत रहनुभएका मोहन बैद्यले पार्टी विभाजन गरी नयाँ पार्टी गठन गरेपछि पहिलो पटक सुरू भएको विस्तारित बैठकले माओवादीको कार्यनीति र कार्यदिशाको टुंगो लगाउनेछ । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
पाँच दिनसम्म चल्ने बिस्तारित बैठकमा झण्डै साढे चार हजार राज्य समिति सदस्य सहभागी रहेका छन् ।
विस्तारित बैठकमा सहभागी हुन आउनेक्रममा विभिन्न राज्य समितिका सदस्यहरु सवारी दुर्घटनामा परेका कारण सोमबारका लागि बोलाईएको बैठक आजका लागि सारिएको हो ।
विस्तारीत बैठकको अन्तिम तयारीका लागि बिहान बसेको माओवादीको केन्द्रीय कमिटीको बैठकले बैठकमा भएका छलफल र निष्कर्षलार्इ गोप्य राख्न निर्देशन दिर्इएको थियो ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी