Wednesday, August 1, 2012

भण्डारीको ‘जीवनमूल्य’ विमोचित


काठमाडौं । युवा अध्यात्मचिन्तक लेखक लक्ष्मण भण्डारीको नवीनतम कृति ‘जीवनमूल्य’को काठमाडौं पशुपतिस्थित कैलाशमा श्री पशुपतिनाथ कैलाश अनुष्ठान समितिद्वारा बुधबार आयोजित विशेष कार्यक्रमका बीच सन्तशिरोमणि आचार्य खेमराज केशवशरणले विमोचन गर्नुभएको छ ।
पुस्तकको विमोचन गर्दै आचार्य केशवशरणले भण्डारीद्वारा लिखित प्रस्तुत पुस्तक जीवनको वास्तविक मूल्यबोध गर्न र आफ्नो कर्तव्यको मूल्यप्रति प्रेरित हुन चाहने सबै पाठकका लागि अत्यन्त पठनीय रहेको विचार व्यक्त गर्नुभयो ।
लेखक एवम् पुस्तककाबारे सङ्क्षिप्त धारणा व्यक्त गर्दै समग्र कार्यक्रमका संयोजक विशिष्ट विद्वान् एवम् राष्ट्रिय व्यक्तित्व किशोर गौतमले जीवनका मूल्यलाई प्रतिबिम्वित गर्ने युवा व्यक्तित्व भण्डारीको प्रस्तुत पुस्तक मह¤वपूर्ण रहेको बताउनुभयो ।
यसअघि पनि ‘अनमोल दृष्टान्त’ र ‘सनातन जीवनदर्शन’ नामक कृति प्रकाशित गरिसकेका भण्डारीको यो तेस्रो कृति हो ।
यसैबीच चितवनबाट प्रकाशित ‘हाम्रो सिर्जना’को १२ औं अंकको विमोचन भएको छ । प्रमुख अतिथि कवि तथा गजलकार गोविन्दराज विनोदीले विमोचन गर्नुभएको थियो ।
पत्रिकाको समीक्षा प्राडा नारायणप्रसाद खनालले गर्नुभएको थियो । पत्रिकाका व्यवस्थापक बाबुराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार धनराज गिरी, हरिहर सविता, इन्द्र रेग्मी, प्रभाकर पण्डित, पुष्प अधिकारी ‘अञ्जली’, गोर्खे साहिँलो, तीतेपातीलगायतले रचना सुनाउनुभएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी