Saturday, August 25, 2012

चेपाङको गरिबी घटाउन हेफरको सक्रियता

सिद्धि । हेफर इन्टनेशनलका प्रमुख पेरी फेरारेले शुक्रबार सिद्धि र शक्तिखोर गाविसमा हेफर र महिला समन्वय समितिले गरेका विभिन्न विकास निर्माण तथा परियोजनाहरुको अनुगमन तथा स्थलगत भ्रमण गरेका छन् ।
सिद्धि गाविसमा हेफर इन्टरनेशनल नेपालले विगत तीन महिनादेखि सिद्धिका नौवटै वडामा बाख्रा, बंगुर, बोका वितरण गर्नुका साथै तरकारीखेती र विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरेको छ । विगतमा गरेका कार्यक्रमहरु उपलब्धिमूलक रहेकाले गाविसका सबै वडा र विभिन्न टोलमा हेफरले विभिन्न आयमूलक कार्यक्रमहरु लैजान लागेको प्रमुख फेरारेले बताउनुभएका्े छ ।
गाविस भ्रमणमा फेरारेका साथ हेफरका एशिया प्यासिफिक प्रमुख डा. महेन्द्र लोहनी, कन्ट्री डाइरेक्टर शुभनारायण महतो, हेफर नेपालका क्षेत्रीय प्रमुख डा. पिताम्बर कुसवाह, महिला समन्वय समितिकी अध्यक्ष सरस्वती मिश्र, सीता पौडेललगायतको सहभागिता रहेको थियो ।
सिद्धि गाविसमा आगामी तीन वर्षभित्र गाविसलाई विभिन्न आयमूलक कार्यक्रमहरु सञ्चालन गरी गरिबी निवारण गर्दै चेपाङहरुको जीवनस्तर सुधार गरी सामाजिक रुपमा अगाडि बढ्न सक्ने बनाउने हेफरका प्रमुख फेरारेले बताउनुभयो ।
परियोजना अनुगमनकै क्रममा शक्तिखोरको देवीटारमा हेफरको सहयोगमा विभिन्न महिला समूहहरुले व्यावसायिक रुपमा गरेको घाँसखेतीका साथै स्थलगत निरीक्षण गर्दै महिलाहरुले उल्लेखनीय काम गर्दै जीवनस्तर सुधार गरेकोमा अभारसमेत प्रकट गर्नुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी