Sunday, August 12, 2012

डिजिटल बन्दै छ प्रेम

विधुर ‘प्रिय सिर्जन’


मेरी बूढि हजुर आमा मलाई भन्ने गर्थिन,
बाबु प्रेम गरेर गरेको विहे तँ सफल हुन्छ भन्ने नठान
मेरो विहे नी वाबु तलाई थाहा छ ।
उनको मायालु काँखमा लठिएर म सुनिरहेको हुन्थेँ
प्रेम वाबु विहे पछि आँफै हुन्छ ।
मेरी आमा मलाई भन्ने गछिन्
बाबु तिम्रो बा र म
एकै विहे पछि प्रेममा बाँधिएका
पहिले न त उहाँले मलाई चिन्नुहुन्थ्यो
नत मैले नै उहाँलाई देखेकी थिएँ ।
प्रेम हुन बाबु पहिला मिलन हुनु पर्छ
अनी सम्झौता पनि ।

आठ वर्षको हुँदा विहे भएका मेरा आमा वुवा
आज आफ्नो नाति खेलाउने उमेरका भइसके
आँफैमा केटाकेटी खेल खेल्दे झांगिएको उनीहरुको प्रेम
उनीहरुकै प्रेमका परिणाम हरु हामी  आज भन्छौ
प्रेम पछि विहे हुन्छ ।
विहे पछि हुने कुराहरु पनि
हामी भन्छौँ विहे अगाडि नै जायज छ ।

आज भोली हाम्रो प्रेम फेसवुकर र ट्यूटरबाट झांगिन्छ
तीनै फेसवुक र ट्यूटरबाटै वाँगिन्छ र टाडिन्छ
र पनि भन्छौँ विहे अगाडि प्रेम हुनु पर्छ ।
सायद यो हामीले बुझ्न सकेनौ की प्रेमको
लागि सम्झौता हुनुपर्छ ।
वा वुझ्न चाहेनौँ कि,

विना सम्झौताको सम्वन्ध कहाँ हुन्छ र ?
म दोधारमा छु ।
हाम्रो प्रेम गर्ने शैली नै उत्तराधुनिक भयो की ?
खै यो कस्तो प्रेम हो ?
प्रेममा त जीवन खोज्नु पर्ने हो ।
जीवनको अर्काे नाम नै प्रेम हो
तर हामी प्रेमलाई मृत्युसँग दाँजिरहेका छाँै ।
तिम्रा लागि म मर्न पनि तयार छु ।
थाह छैन मरेर उसलाई कसरी मायाँ गर्छु ।
प्रेम ज्योति हो प्रकाश हो ।
हामी प्रेम गर्ने नाममा अन्धकारलाई अगांल्न चाहन्छौ ।
भन्छौँ तिम्रालागि आकाशको जुन टिपिदिन्छु ।
अरे खै के हो हामीले बुझ्न नसकेको कि के हो ?
आकाशको जुन झारेर हामी सँधै आँैसीमा किन बस्न चाहेको ।



अझ हामी भन्छौ समय वदलियो
अरे समय वदलिएको कि हाम्रो सोच
हामी बदलिएको कि यो जमाना
सोच्दैछु आज प्रेम पनि बदलिएको छ
प्रेमको परिभाषा नै वद्लिएको छ ।
आज डिस्को र वारमा झागिंन थालेको छ प्रेम ।
फेसवुक र च्याटमा टागिंन थालेको छ प्रेम ।
समय सँगै सायद प्रेमको परिभाषा नै डिजिटल बन्दै छ ।
सायद हामी प्रेम गर्नेहरु पनि डिजिटल बन्दै छाँै की ।
प्रेमलाई बदलेर ।





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी