Sunday, August 12, 2012

‘लुम्बिनीको विकासका लागि चीन तत्पर’

बुटवल । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेश उपमन्त्री फु यिङसहितको प्रतिनिधिमण्डलले गौतम बुद्ध जन्मस्थल लुम्बिनीको आज स्थलगत अवलोकन भ्रमण गरेको छ ।
चिनियाँ विदेश उपमन्त्रीले लुम्बिनीस्थित मायादेवी मन्दिर, चिनियाँ बौद्ध बिहारलगायत अन्य बौद्ध विहारको अवलोकन गर्नुभयो । उहाँले लुम्बिनी गुरुयोजनाबारे जानकारी लिनाका साथै विकासका गतिविधिबारे चासो लिनुभएको थियो ।
उहाँका साथ नेपालका लागि चिनियाँ राजदूत योङ होउलान पनि सहभागी हुनुहुन्थ्यो । सो अवसरमा चीनियाँ उपमन्त्री फुले चीनले नेपालको उन्नति प्रगति चाहेको उल्लेख गर्दै लुम्बिनीको विकासका लागि चीन सदैव तत्पर छ भन्नुभयो ।
चिनियाँ प्रतिनिधिमण्डललाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा लुम्बिनी विकास कोषका पदाधिकारी, नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायण सापकोटा, अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री, प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, वरिष्ठ प्रहरी उपरीक्षक बोमबहादुर भण्डारी, सशस्त्र प्रहरी उपरीक्षक उत्तम थनेलगायतले स्वागत गर्नुभएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी