Wednesday, August 15, 2012

तीजको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै प्रगतिशील


रुद्रपुर । रुपन्देहीको पश्चिम क्षेत्र रुद्रपुरमा तिजको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीय प्रगतिशील सामाजिक अभियान रुद्रपुरको आयोजनामा राष्ट्रिय स्तरका कलाकारहरुको जमघटमा सांस्कृतिक कार्यक्रम सम्पन्नगर्ने आयोजकले जनाएको छ ।
विगत पाँच वर्ष देखि सामाजिक अभियानमा निरन्तर लागिरहेको संस्थाले सामुदायीक पुस्तकालय निमार्णको  अभियानलाई सँगै लिएर अगाडि बढिरहको छ । अभियानका सदस्य अरुण सापकोटाले दिएको जानकारी अनुसार सामाजिक अभियानले युवा किशोर किशोरी यौनरोग र वन तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको छ । ‘सांस्कृतीक कार्यक्रम मार्पmत समाज सुधारमा योगदान गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेका हाँै कार्यक्रमका संयोजक समेत रहनुभएका सापकोटाले भन्नुभयो ।
कार्यक्रममा पशुपति शर्मा रामजी नेपाली लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जमघट रहने छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी