Thursday, August 16, 2012

श्रीमानको उपचार गनराउन नसक्दा हात्मह्त्या गर्न गएँ ः श्रेष्ठ

भरतपुर । अलाईभ हस्पीटल एण्ड ट्रमा सेन्टर र नयाँ जिवन संस्था भरतपुरले सहयोग गरेपछि २० बर्षीय करुणा श्रेष्ठ नेपालीले नयाँ जिवन पाउनु भएको छ ।
विरामि श्रीमानलाई उचार खर्च जुटाउन नसकेपछि १० महिनाको छोरोको साथमा आत्महत्या गर्न हिडेकी करुणलाई यि दुई संस्थाले सहयोग गरिरहेका छन् । ३ महिना अगाडि सवारी दुर्घटनामा परि खुट्टामा चोट लागेर थला परेका श्रीमान राजकुमार नेपालीलाई उपचार गर्न नसक्दा आत्महतया गर्न नारायणगढ नगरवनको झलुङ्गे पुल पुगेकी करुणलाई सामुदायि प्रहरी सेवा केन्द्र नारायणगढले अलाइभ हस्पिटल सम्म ल्याएको थियो ।
२१ बर्षिय राजकुमार नेपालीको दुर्घटनामा पर्नसाथ मेडिकल कलेज भरतपुरमा उपचार गराउन नसकेपछि विरामि अवस्थामा नै हस्पिटल बाट बाहिरिनु परेको बताउनु भयो । उहाले भएको जग्गाा समेत बेचेर उपचार गर्दा समेत नभएपछि गैडाकोटमा भाडा तिरेर जिवन बिताउदै आएको र यि संस्थाको सहयोगले अलिकति आशा समेत जागेको भन्नु भयो । अहिले श्रीमति करुणा पनि श्रीमानको स्वास्थ्यमा सुधार आउदा निकै खुशि भएकि छन् ।
उता हस्पिटलकी मेडिकल निर्देशक डाक्टर विष्णुमाया खरेल समेत आफुहरुले गरिबिका कारण उपचार गर्न नपाएकाहरुको सेवागर्न पाउदा खुशि भएको बताउनु हुन्छ । डाक्टर खरेलले गत आर्थिक बर्षमा पनि हस्पिटलले ३७ जना विरामिहरुको निशुल्क उपचार गरेको छ तथा यस बर्षको साउन महिनामा ६ जनाको उपचार गरिरहेको जानकारि दिनु भयो ।
त्यस्तै सामुदायिक प्रहरी सेवा केन्द्र नारायगढकी अध्यक्ष मिना खरेलले पनि समाजमा स्वास्थ्यको क्षेत्रमा सबैको पहुच पुग्न जरुरी रहेको भन्नु भयो । उहाले निजि स्तरमा खुलेको हस्पिटल तथा नया जिवन संस्थाले तिन जनाको परिवारलाई बाच्नका लागि हौसला दिएको भन्दै खादा ओडाएर यि संस्थाका प्रतिनिधिहरुलाई पनि सम्मान गर्नु भयो ।
समस्या जहा हुन्छ त्यसको समाधान पनि साथमै हुन्छ यि संस्थाले आज जुन समस्याको विकल्प दिएका छन् यो हामि सबैका लागि उदाहरणको नमुना साबित भएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी