Sunday, August 26, 2012

गजल

विधुर प्रिय ‘सिर्जन’
म भन्दा नि सुन्दर आँउछन घर वसाल्न ।
मायाँ प्रेम अनि विस्वाको भर बसाल्न ।।

प्यार बसेपछि विर्सिन्छ सबथोक सम्झना एकको,
तोडिन्छकी सम्बन्धको साइनो भनी डर बसाल्न ।।

भन्छन निस्वार्थी यो मनको प्रेम अमर हुन्छ,
लाग्दैन अन्तसुल्क को सक्छ र कर बसाल्न ।।

लाखौ दुरी पार हुन्छ समुन्द्र तर्ने आँट आउँछ,
आउने छु म तिम्रो वस्ती प्रेमको सफर बसाल्न ।।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी