रौतहट । रौतहट जिल्लाको औरैइया गाविसमा फेरि एक महिलाको हत्या भएको छ ।
औरैइया–६ का हरिहर साहकी श्रीमती २८ वर्षीया उषादेवी साहको आइतबार राति ८
बजे हत्या भएको प्रहरी चौकी औरैइयाका प्रहरी सहायक निरीक्षक जगेश्वर महतोले
बताउनुभयो ।
मृतकका पति प्रहरी हबलदार सिन्धुली जिल्लामा कार्यरत रहेको पतिकै कामको सिलसिलामा साह सदरमुकाम गौरमा आई कार्य सम्पन्न गरी फिर्ता आउने क्रममा आफ्नै गाउँको वडा नं ७ को सिसौको बगैँचामा मृत्त अवस्थामा सोमबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
साहको घाँटीमा निलडाम रहेको र बलात्कार गर्ने क्रममा उनको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साहसँगै रौतहटमा दुई हप्ताभित्रमा महिला मर्नेको सङ्ख्या पाँच पुगेको मुद्दा फाँटका प्रहरी निरीक्षक कमल गिरीले बताउनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment