Monday, August 27, 2012

मकवानपुरमा धान उत्पादन वृद्धि

हेटौँडा । मकवानपुर जिल्लामा स्थानीय कृषकले गत वर्ष लगाएको बर्खे र चैते धानखेतीबाट जम्मा ६७ हजार ५५२ मेट्रिक टन उन्नत धान उत्पादन गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार जिल्लामा गत आव २०६८÷०६९ को बर्खे धानतर्फ ४१ हजार ३०० मेट्रिक टन तथा चैते धानवापत २५ हजार २५२ मेट्रिक टन धान उत्पादन गरिएको थियो । मकवानपुरमा बर्खे तथा चैते धानखेतीका लागि जम्मा १७ हजार २७८ हेक्टर जग्गामा स्थानीय कृषकले उन्नत धानखेती लगाउँदै आएको बताइएको छ ।
जिल्लामा अघिल्लो आव २०६७÷०६८ को तुलनामा यस वर्ष २०६८÷०६९ को अवधिमा कुल २२ हजार ५०० मेट्रिक टन धानको उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका योजना तथा प्रशासकीय अधिकृत वासुदेव शर्माले बताउनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी