Sunday, August 26, 2012

चेपाङहरुले खानेपानी किन्नुपर्ने बाध्यता हट्ने

  समाचार प्रभाव

भरतपुर । गरिबीका कारण मजदुरी गरेर जीवनयापन गर्दै आएका चितवन पदमपुर र जुटपानीको सिमानामा बस्दै आएका चेपाङहरुको खानेपानी किनेर खानुपर्ने बाध्यता अब हट्ने भएको छ ।
बिहानबेलुका काम गरेर छाक टार्दै आएका चेपाङहरुले एक जर्किन पानीलाई पाँच रुपैयाँमा किनेर खानुपर्ने अवस्था रहेको समाचार यही भदौ चार गते चितवन पोष्टमा आएपछि भरतपुरको एक संस्थाले उनीहरुलाई खानेपानीको व्यवस्था गरिदिने भएको हो ।
भरतपुर–७ कृष्णपुरमा कार्यालय रहेको केआई नेपाल नामक संस्थाले चेपाङहरुलाई खानेपानीको व्यवस्था गर्न तीन वटा डिप ट्युबेल गाडिदिन काम अगाडि बढाएको संस्थाका प्रबन्ध निर्देशक रमेश सापकोटाले चितवन पोष्टलाई जानकारी दिनुभयो ।
‘खानेपानी व्यवस्था गर्ने योजनाअनुरुप सर्वेक्षण गर्ने कार्य सकिएको छ’, उहाँले भन्नुभयो । आफू चेलिबेटी बेचबिखन नियन्त्रणका क्षेत्रमा काम गर्ने भए पनि पानीजस्तो संवेदनशील वस्तु भएकाले यस क्षेत्रमा हात हालेको प्रबन्ध निर्देशक सापकोटाले बताउनुभयो ।
‘सामाजिक विभेद, र्आिर्थक अभाव र भौगोलिक विकटताका कारण दुई घण्टा लामो यात्रा गरेर पानी लिनुपर्ने बाध्यता र उनीहरुको किन्न नसक्ने आर्थिक अवस्थालाई हेरेर यस क्षेत्रमा हात हालेका हौँ’, उहाँले भन्नुभयो, ‘चेलिवेटी बेचबिखन नियन्त्रणमा काम गर्दै आएका हामीले चेपाङ महिलाहरुको संवेदनशीलतालाई बुझेर यो निर्णय गरेका हाँै ।’
केआई नेपालले चेलीवेटी बेचबिखन नियन्त्रणका लागि महिलाहरुलाई
आयआर्जनमूलक सिप प्रदान गर्दै आएको छ ।
यसले नेपाल र भारतका ११ वटा सीमाक्षेत्रमा आफ्नो कार्यालय स्थापना गर्दै बेचिन लागेका चेलिवेटीको उद्धार गर्ने कार्यसमेत गर्दै आएको प्रबन्ध निर्देशक सापकोटाले जानकारी दिनुभयो । विशेषखालको मार्क दुई ट्युबेल जडित डिप ट्युबेलबाट आगमी दसैँसम्ममा खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको जानकारी उहाँले दिनुभयो ।
दुई सय घरधुरी रहेको उक्त चेपाङ बस्तीमा खानेपानी, बिजुली, विद्यालयलगायतका पूर्वाधारहरु विकास हुन सकेका छैनन् ।
पदमपुर हस्तान्तरण गर्दा जंगल फाँडेर बस्ती बसाले पनि जुटपानी र पदमपुर गाविसमध्ये कुन गाविसमा पर्छ भन्ने यकीन नहुँदा झन् सो क्षेत्रमा समस्या थपिँदै आएको छ । बिजुलीको अभावका कारणनजिकै खानेपानीको व्यवस्था गर्न कठिन हुँदै आएको बस्तीलाई स्थानीय केही व्यक्तिले बोरिङ्बाट खानेपानी निकाली बेच्दै आएका थिए ।
ऐलनीबस्तीमा बस्दै आएका चेपाङहरुलाई आगमी दसँैमा खानेपानीको व्यवस्था हुने त भयो, अन्य विकासका पूर्वाधारको निमार्णमा सरकारी तथा गैर सरकारी निकायको ध्यान जान सके गरिबी रोग भोक र अशिक्षाले ग्रस्त चेपाङबस्तीको मुहार फेरिन्थ्यो की ?



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी