Thursday, August 2, 2012

रक्षाबन्धनमा सबैभन्दा बढी मात्रामा मिठाईको खपत


वीरगञ्ज । मैथिल र भोजपुरी समाजमा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेका रक्षाबन्धन पर्वमा यहाँ मिठाईको उच्च कारोबार भएको छ ।
यो पर्वमा दिदीबहिनीले दाजुभाइको हातमा कलात्मक राखी बाँध्ने र निधारमा टीका लगाई पूजा गर्ने गर्दछन् । त्यसपछि दिदीबहिनीले मिठाईसहितको मिठोमिठो परिकार दाजुभाइलाई खुवाउने गर्छन् । पूजा सम्पत्र भएपछि दाजुभाइले आफ्नो हैसियतअनुसार दिदीबहिनीलाई विभित्र उपहार, गरगहना, लत्ताकपडा अथवा पैसा दक्षिणास्वरूप दिने प्रचलन छ ।
रक्षाबन्धनका लागि आवश्यक पर्ने विभित्र प्रकारका मिठाई खरिद गर्नका लागि आज बिहानैदेखि वीरगन्जका मिठाई पसलहरुमा ग्राहकहरुको घुइँचो लागेको छ । यसपटकको रक्षाबन्धन पर्वमा रु डेढ करोडभन्दा बढी मूल्य बराबरको मिठाई बिक्री भएको अनुमान मिठाई व्यवसायीको छ ।
ग्राहकहरुलाई आकर्षित गर्न बजारमा थरीथरीका मिठाईलाई आकर्षित रूपमा सजाएर राखेका छन् । मीनाबजार र माईस्थानमा कतिपय खुद्रा व्यवसायीले सडक र सडकको पेटीमा राखेर पनि मिठाई बेच्ने गरेका छन् । यी पसलहरुमा बुधबारदेखि नै मिठाई कित्रेहरुको भीड लाग्ने गरेका छन् ।
रक्षाबन्धन पर्वका बेलामा मिठाईको व्यापार अत्यधिक हुने गरेका छन्, विर्ता स्विट्सका सञ्चालक मोतीले भत्रुभयो, “रक्षाबन्धनमा मिठाईको उच्च व्यापार हुनेभएकाले हामीले बजारको मागबमोजिम आपूर्ति गर्नका दुई–तीन दिन अघिदेखि नै मिठाई बनाउन थाल्छौं । रक्षाबन्धन सुरु हुनुभन्दा एक दिनअघिदेखि नै मिठाईको व्यापार अत्यधिक हुनेगर्छ, यो बेला ग्राहकहरुको माग अत्यधिक भएकाले हामीलाई मिठाई बेच्नबाट फुर्सद हँुदैन ।”
पूजा, हिमाञ्चल, विर्ता, कान्छा प्लस, क्षीरसागर, अमृत र तुलसी गरी झन्डै दुई दर्जनभन्दा बढी मिठाईका पसलहरु यहाँ रहेका छन् । चाड पर्वका अवसरमा सडक र त्यसका पेटीमा बसेर मिठाई बच्नेहरु पनि त्यतिकै सङ्ख्यामा रहेका हुन्छन् ।
प्रायजसो मिठाई बिक्रेताहरुले चाडपर्व आउनुभन्दा दुईचार दिनअघिदेखि नै मिठाई बनाउन थाल्छन् र त्यसमा अखाद्य कृत्रिम रङको प्रयोग गर्ने गर्दछन् । विशेषगरी रङ्गीन मिठाई हेर्दा निकै आकर्षक देखिए तापनि यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्नसक्छ, चिकित्सकहरुले भत्रुभयो– एक त तयारी खाद्य पदार्थ निश्चित समयपछि दूषित हुन पुग्दछ, त्यसमाथि पनि अखाद्य पदार्थ रङको प्रयोगले गर्दा यो अझ हानिकारक बत्र पुग्दछ ।
खाद्य अनुसन्धान तथा गुणस्तर निर्धारण विभागको वार्षिक प्रतिवेदनअनुसार, तिहारलगायत अन्य चाडपर्वमा अत्यधिक प्रयोग हुने लडु, निम्की र बर्फीलगायतका मिठाईमा “मेटालिन एलो” रङ मिसाइन्छ । खाद्य पदार्थ मिसावट नियन्त्रणका लागि प्रचलित कानुन कडा र प्रभावकारी नदेखिएकाले मिठाईमा रङ मिसाउनेक्रम बढ्दैगएको पाइन्छ ।
आजभोलि बर्फी र लडुमा पनि चाँदीका चमक राख्नुपर्नेमा आल्मुनियमको चमक राखेको पाइन्छ । पेडाजस्ता मिठाईमा फलफुलको केशर दुर्लभ भएका कारण कृत्रिम केशर हाल्ने चलन चलेको बिक्रेताहरु बताउँछन् । त्यस्ता अखाद्य पदार्थ वा मिठाईमा प्रयोग गरिने अखाद्य कृत्रिम रङले पेट दुख्ने र छालासम्बन्धी रोगको सिकार बनाउन सक्दछ, नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक श्यामसुन्दर दासले अखाद्य रङले घाँटीमा क्यान्सर हुने, जिब्रो तथा ¥याल ग्रन्थीहरुलाई निष्क्रिय पार्ने, पेट दुख्ने, दिसा लाग्ने र अजीर्ण हुनेजस्ता डरलाग्दा रोगहरु लाग्नसक्दछ भत्रुभयो ।
त्यस्ता मिसावटयुक्त आखाद्य रङको प्रयोग गरी खाद्यपदार्थ उत्पादन बिक्री–वितरण गर्ने माथि कानुनी कारबाही गर्ने सम्बन्धित सरकारी निकायको निष्क्रियताले खाद्य पदार्थमा अखाद्य पदार्थ मिसाउने प्रवृति बढेको गुणासो आम उपभोक्ताको छ । उनीहरुले मानवीय स्वास्थ्यजस्तो संवेदनशील विषय भएकाले यसको बजार अनुगमन प्रभावकारी हुनुपर्दछ भत्रुभयो ।
दीर्घायु, सुख, समृद्धिको कामना गर्दै मैथली र भोजपुरी समाजका दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने चाड हो, रक्षाबन्धन । धर्म, संस्कृति र चाडवाडका दृष्टिले समृद्ध मैथिल र भोजपुरी समाजमा मनाइने अनेक पर्वमध्ये यस पर्वमा दाजुभाइ–दिदीबहिनीबीचको पवित्र, स्नेही, आत्मीय र निःस्वार्थ सम्बन्धलाई उजागर गरेको छ । रक्षाबन्धनका दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुख, समृद्धि र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने गर्छन् ।
यसै उपलक्ष्यमा बिहीबार बिहानैदेखि घरघरमा दिदीबहिनीले हर्षोल्लासका साथ आफ्ना दाजुभाइका लागि मिठोमिठो खानेकुराको परिकार बनाएर बिहान नुहाइधुवाइ गरी घरको आँगनमा पिठारको (चामलको पिठो) अर्पणा बनाई त्यसमाथि सिन्दुर र अबिरले सजाएर राखिएको ठाउँमा काठको पीर्कामाथि दाजुभाइलाई बसाएर हातमा कलात्मक राखी बाँध्ने र निधारमा टीका लगाई दिदीबहिनीले दाजुभाइको पूजा गर्ने गरेका छन् । कतिपय दिदीबहिनीले दाजुभाइलाई कुर्सीमा बसाएर नै हातमा कलात्मक राखी बाँध्ने र निधारमा टीका लगाएर पूजा गर्ने चलन पनि रहेको छ ।
रक्षाबन्धनका दिन सोमबार बिहानैदेखि वीरगन्जको ऐतिहासिक तथा धार्मिक गहवामाई मन्दिरमा ब्राह्मणबाट मन्त्रिएको रक्षाबन्धन (डोरो) बाँध्न लगाउनेको ठूलो भीड लाग्ने गर्छ । दाजुभाइ–दिदीबहिनीका लागि विशेष उत्सवको दिन हो रक्षाबन्धन । घरबाट टाढिएर बसेका दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्न रक्षाबन्धन पर्वले मह¤वपूर्ण भूमिका निर्वाह गरेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी