Monday, August 20, 2012

निजी विद्यालयमा कालो धन आउनु चिन्ताजनक

काठमाडौं । निजी क्षेत्रका विद्यालयमा कालो धनलाई सेतो बनाउने खालका लगानी पनि भित्रिएको दाबी गरिएको छ ।
उच्चमावि शिक्षा परिषद्का सहसचिव नारायणप्रसाद कोइरालाको संयोजकत्वमा गठित कार्यदलको अध्ययनका क्रममा त्यस्तो पाइएको हो ।
शिक्षा पत्रकार समूहद्वारा ‘उच्चमाविको अनुगमनको प्रगति’ विषयमा सोमबार यहाँ आयोजित छलफल कार्यक्रममा अनुगमन समितिका सदस्यसमेत रहेका उच्च माध्यमिक विद्यालय सङ्घका उपाध्यक्ष रमेश सिलवालले शिक्षा क्षेत्रमा कालो धनलाई सेतो बनाउने कार्य हुनु दुःखद् भएको बताउनुभयो ।
वक्ताहरुले शिक्षा क्षेत्रमा हचुवाका भरमा व्यापारिक क्षेत्रको धन आइरहेकाले व्यापारीकरण बढेको दाबी गरेका छन् । शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले उच्चमावीहरु विगत २३ वर्षदेखि सङ्क्रमणकालीन अवस्थामै सञ्चालन भएकाले विकृति बढेको बतउनुभयो ।
उहाँले विभागले विद्यालयमा लगानी, शुल्क, नामकरण, स्थानान्तरण, विज्ञापन, विद्यालय प्रणालीको समग्र मापदण्डसम्बन्धी नीति बनाउन एक कार्यदल गठन भई कार्य भइरहेको जानकारी गराउनुभयो ।
उच्चमावि शिक्षा परिषद्का अनुगमन शाखा प्रमुख डम्बरकुमार बतासले परिषद्को अनुगमन समितिको प्रतिवेदन चाँडै आउने जानकारी दिँदै त्यसलाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो ।
अभिभावक सङ्घ नेपालका अध्यक्ष शुप्रभात भण्डारीले अनुगमन समितिको प्रतिवेदन कार्यान्वयन नभए आफूहरुले थप दबाब दिने गर्नुभयो । अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य रत्न ढकालले शिक्षामा निजीकरणको अन्त्यका लागि विद्यार्थीहरुले आन्दोलन गरिरहेको बताउनुभयो ।
प्राध्यापक सङ्घका महासचिव रामेश्वर उपाध्यायले परिषद्को विद्यालय सम्बन्धनका क्रममा विकृति पाइएकाले त्यसमा पनि छानविन भइरहेको बताउनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी