Thursday, August 23, 2012

जिल्ला प्रशासन तथा जिविस घेराउ

कावासोती । नवलपरासीको विकट पहाडी कोटथर गाविसका स्थानीयवासीहरुले  जिल्ला विकास समिति तथा जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
अज्ञात समूहले विगत १५ दिनदेखि गाविस कार्यालयमा गरेको तालाबन्दी खोल्न प्रशासनले कुनै चासो नदेखाएको भन्दै प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीसमेतलाई घेराउ गरेका हुन् ।
गाविस सचिव देवीबहादुर बाँनियाले आर्थिक वर्ष ०६७÷६८को गाउँ परिषद्मा गाविसको कार्यालयको स्थान परिवर्तन गर्ने किर्ते निर्णय गरेको र हाल गाविस स्थान सार्ने षडयन्त्रमा गाविस सचिवसमेत सामेल रहेको भन्दै सोको विरोधमा कोटथरवासीले जिविस र प्रशासनमा ज्ञापनपत्र दिएको नागरिक समाज कोटथरका चेसराम आलेले बताउनुभयो ।
सदरमुकाम परासीबाट झण्डै १२८ किलोमिटर विकट पहाडी भेगमा पर्ने कोटथर गाविसबाट सयौंको संख्यामा स्थानीयवासीहरु सदरमुकाम आएका छन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी