Thursday, August 23, 2012

भाइरल ज्वरोका कारण विद्यालय बन्द

कावासोती । केही दिनयता नवलपरासी जिल्लामा फैलिएको भाइरल ज्वरोका कारण पहाडी गाविस मैनाघाटमा रहेका दुईवटा विद्यालय बिहीबारबाट बन्द भएका छन् ।
एक हप्तादेखि सामान्य रुघा खोकी देखिएको सो गाविसमा भाइरल ज्वरोले विद्यार्थीहरु थलिन लागेपछि सरस्वती उच्च माविसहित एक निजी विद्यालय बन्द भएको हो । विद्यार्थीहरु विद्यालय आउन नसक्ने देखिएपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको उमाविका प्राचार्य कृष्ण तिवारीले जानकारी दिनुभयो ।
दुबै विद्यालयमा गरी करिब ७०० जना विद्यार्थीहरु भाइरल ज्वरोले प्रभावित भएका छन् । ज्वरोका कारण बिरामी परेका विद्यार्थीहरु विद्यालय आउन नसक्ने भएकाले विद्यालयले स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा र मैनाघाट उपस्वास्थ्य चौकीको संयुक्त सहयोगमा विद्यालयमाले बिहीबार बिहानदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी