भरतपुर । नेपालबाट वैदेशिक रोजगारमा जानेमध्ये झण्डै ७४ प्रतिशत रोजगारीका लागि दक्ष नभएको तथ्याङ्क सार्वजनिक भएको छ ।
मानवअधिकारका लागि जनमञ्चले भरतपुरमा सञ्चारकर्मीसँग गरेको अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरेको हो । नेपालबाट हरेक दिन १५ हजार नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने गरेको पनि कार्यक्रममा जानकारी दिइयो । यसरी जानेमध्ये १९ प्रतिशतमात्रै कामको बारेमा पूर्ण जानकारी र दक्ष रहेको जनमञ्चको तथ्याङमा उल्लेख छ ।
‘वैद र अवैद बाटोबाट वैदेशिक रोजगारमा गएका नेपालीको संख्या अहिले २२ लाखदेखि २३ लाख छ’, अधिवक्ता शिव रिजालले भन्नुभयो, ‘बाहिर रहेका प्रवासी नेपालीमध्ये अधिकांश नेपालीले श्रमका बारेमा राम्रो दक्षता राख्दैनन् ।’
कार्यक्रममा अधिवक्ता रिजालले १०८ मुलुकमा नेपालीका लागि श्रम स्वीकृति पाइएपनि अहिलेसम्म ८७ देशमामात्रै श्रमका लागि नेपालीहरु गएका जानकारी दिनुभयो । यसरी रोजगारीका लागि विदेश जानेहरुबाट देशले भित्र्याएको रेमिट्यान्स पनि सदुपयोग गर्न नसकिएको उहाँंले बताउनुभयो ।
‘रेमिटेन्सको ठूलो हिस्सा रसरंग र रमाइलो तथा मनोरञ्जनमा खर्च गरेको अवस्था छ’, उहाँले भन्नुभयो, ‘रेमिटेन्सबाट कमाइ गरेकोमध्ये थोरैले मात्रै सदुपयोग गरेको देखिन्छ ।’
यसरी विदेशमा जानेमध्ये सात प्रतिशत अर्ध दक्ष, र जिरो दशमलव दुई प्रतिशत मात्रै उच्च दक्ष रहेको पनि तथ्याङ्क सार्वजनिक भएको छ ।
मञ्चका अध्यक्ष सोम लुइँटेलले स्पष्ट कानुन भएर पनि कार्यन्वयन हुन नसक्दा नेपालीहरु विदेशमा गएर पीडित हुनुपरेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीले सामाजिक र सांस्कृतिक विचलन ल्याएको हँुदा त्यसतर्फ पनि सचेत हुन जरुरी रहेको बताउनुभयो ।
‘श्रीमान् विदेश हुन्छन् श्रीमती यहाँ दोस्रो विवाह गर्छे’, उहाँले सामाजिक प्रभावका बारेमा प्रष्ट पार्दै भने, ‘श्रीमती विदेशमा हुने श्रीमान्हरुले पनि यहाँ दोस्रो विवाह गर्नेको संख्या कमी छैन ।’ बाबुआमाको माया नपाउँदा छोराछोरीमा प्रभाव पर्ने पनि उहाँले बताउनुभयो ।
उहाँंले ज्ञान र सीप भएकाहरुले बैदेशिक रोजगारीमा दुःख नपाउने पनि बताउनुभयो ।
सुरक्षित बैदेशिक रोजगारका लागि सञ्चार माध्यमको भूमिका विषयक सो अन्तक्र्रियामा चितवनसहित छ वटा जिल्लाका पत्रकारहरु सहभागी थिए । कार्यक्रममा महिला अधिकारकर्मी एवम् पत्रकार बबिता बस्नेतले पत्रकारहरुले बैदेशिक रोजगारीमा देखिएका कमीकमजोरी र सफलताका कुरालाई समाजमा ल्याएर सुधार गनुपर्नेमा जोड दिनुभयो ।
‘कमसेकम काम नजानीकन विदेश गयो भने त्यसले दुःख पाउँछ भन्ने कुरा बुझाउन जरुरी छ’ त्यो सञ्चारकर्मीहरुले मात्रै सक्छन्’, बस्नेतले भन्नुभयो । कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक बालकृष्ण बस्नेतले पछिल्लो समय सञ्चार माध्यमहरुले बैदेशिक रोजगारको विषयलाई विटका रुपमा विकास गरिरहेका बताउनुभयो । कार्यक्रममा पत्रकारहरुलाई श्रमसम्बन्धी विषयमा प्रशिक्षण पनि दिइएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment