Sunday, August 19, 2012

ज्ञापनपत्र पठाएर कलेज हटाउन दबाब

भरतपुर । वागिश्वरी क्षेत्रबाट मेडिकल कलेज हटाउन दबाब दिनका लागि गठन भएको संघर्ष समितिले आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमार्फत सरकारका विभिन्न निकायमा ज्ञापनपत्र पठाएको छ ।
मेडिकल कलेजलाई वागिश्वरीबाट हटाउने अभियानमा जिल्ला प्रशासन गम्भीर नभएको संघर्ष समितिले गुनासो गरेको छ । संघर्ष समितिले मेडिकल कलेज भरतपुरलाई वागिश्वरी क्षेत्रबाट हट्न भदौ २० गतेसम्मको अल्टिमेटम दिएको छ । सर्वोच्च अदालतले समेत आदेश दिइसकेको अवस्थामा पनि मेडिकल कलेजले वागिश्वरीबाट हट्ने निर्णय कार्यान्वयन गरेको छैन ।
पटकपटक ध्यानाकर्षण गराउँदा पनि मेडिकल कलेजले सर्वोच्चको आदेश नमानेपछि संघर्ष समिति नै गठन गरिएको थियो । देवघाटक्षेत्र विकास समिति वागिश्वरी आध्यात्मिक परिषद्, जलदेवी वन उपभोक्ता समूह र स्थानीयवासीको सहभागितामा संघर्ष समिति गठन भएको हो ।
समितिले संस्कृति तथा पर्यटन मन्त्रालय, वन मन्त्रालय, जिल्ला वन कार्यलय र मेडिकल कलेजलाई ज्ञापनपत्र पठाउँदै सर्वोच्चको फैसला तुरुन्त कार्यन्वयन हुनुपर्ने माग गरेको छ ।






No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी