बारा । अवैध तरिकाले लुकाइछिपाई भारततर्फ लैजान लागिएको करिब १७ टन सुपारी ट्रकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
साढे १६ टन सुपारीसहित ना३ख ४४७८ नम्बरको ट्रक, चालक तथा सहचालकलाई पथलैया प्रहरीले बिहीबार राति नियन्त्रणमा लिएको हो । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउँदै मलेसियाबाट आएको सुपारी भारत लैजानका लागि वीरगन्जबाट बुटवलतर्फ जाँदै गर्दा सुपारी बरामद गरिएकोे इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक कृष्णप्रसाद शर्माले बताउनुभयो ।
पूर्वी नेपालबाट ल्याई गोदाममा जम्मा गरिएको सुपारी पश्चिम नेपाल हुँदै भारत प्रवेश गराउने मनशायबाट व्यापारीले वीरगन्जको रवि ओभरसिज इम्पोरियमबाट सोना सुपारी प्रोसेसिङ बुटवलतर्फ सुपारी लगेको प्रहरीको दाबी छ ।

No comments:
Post a Comment
Thanx for your comment