Friday, August 24, 2012

भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय विद्यार्थी सम्मेलन सुरू

गैँडाकोट । नवलपरासीको गैंडाकोटमा शुक्रबारदेखि भूकम्पीय सुरक्षासम्बन्धी विद्यार्थी सम्मेलन सुरू भएको छ ।
विश्वका विभिन्न देशहरूमा प्राकृतिक विपद्का घटनाहरू बढ्दै गएको बेलामा विद्यार्थीहरूलाई सचेत गराउन भन्दै गैंडाकोटमा भूकम्पसम्बन्धी सम्मेलन सुरू गरिएको हो ।
नेपालका २४ जिल्लाका ५५ विद्यालयबाट छात्रछात्रा र शिक्षक सहभागी रहेको सम्मेलनमा जापानको माइको हाइस्कुलका शिक्षक र विद्यार्थी पनि सहभागी छन् ।    सम्मेलनको पहिलो दिन गैंडाकोटको कालिका उच्चमाविबाट निकालिएको एक ¥यालीले गैँडाकोट परिक्रमा गरेको थियो ।
सम्मेलनमा अहिले भूकम्पलगायत प्राकृतिक विपद्बाट बच्ने उपायका विषयमा छलफल चलिरहेको छ । नेपाल भूकम्पीय दृष्टिकोणले जोखिममा रहेको राष्ट्रका रुपमा चिनिँदै आएको छ ।
सम्मेलनको दोस्रो दिन विद्यार्थीहरूबीच अन्तरक्रिया गरी भूकम्पीय सुरक्षासम्बन्धी पूर्वाभ्यास गर्ने र भूकम्पबाट हुने क्षति र पूर्वतयारीका विषय छलफल गर्ने कार्यक्रम रहेको सिभिल इन्जिनियर रञ्जन ढुङ्गेलले जानकारी दिनुभयो ।
शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय नवलपरासी, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, युएसएआइडि र प्राक्टिकल एक्सन नेपाललगायत स्थानीय एक दर्जन संस्थाको संयुक्त सहयोगमा यो सम्मेलन भएको हो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी