भरतपुर । सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकाल आज बिहीबार चितवन
आउनुहुने भएको छ । नेपाल परिवार दलका केन्द्रीय अध्यक्षसमेत रहनुभएको ढकाल
दलको कार्यक्रममा सहभागी हुन चितवन आउनुहुने सो पार्टीले बुधबार गरेको
पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
जिल्ला कमिटी चितवनले भरतपुरमा गर्न लागेको जिल्ला कार्यकर्ता प्रशिक्षण
कार्यक्रममा ढकाल सहभागी हुने जनाइएको छ । नेपाल परिवार दलले देशैभरिका
जिल्ला, नगर इकाइहरुमा आफ्नो संगठन बिस्तार गर्दै कार्यकर्ताहरुलाई
कार्यनीति र विचारधारालगायत विधान र सिद्धान्तको बारेमा प्रशिक्षण दिँदै
आएको छ ।
जसअन्र्तगत चितवनमा पनि कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखिएको चितवन जिल्ला अधयक्ष अनिलकुमार खनियाले जानकारी दिनुभयो ।
ढकालको साथमा पार्टी प्रवक्ता सन्तोष पौडेल, सल्लाहकार ज्ञानेन्द्रविक्रम महतोसमेत आउने सम्मेलनमा जानकारी दिइएको छ । हाल दलले १७ गाविसमा आफ्नो कार्यसमिति गठन गरिसकेको अध्यक्ष खनियाले जानकारी दिनुभयो ।

No comments:
Post a Comment
Thanx for your comment