भरतपुर । शिक्षक तथा कर्मचारी अधिकार पुनस्र्थापना अभियानले सामुदायिक विद्यालयका स्थायी शिक्षकसरह अन्य अस्थायी शिक्षकहरुलाई पनि पोसाक भत्ता दिन माग गरेको छ ।
अभियानका केन्द्रीय महासचिव हिरामणि चापागार्इंद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामुदायिक विद्यालयहरुमा कार्यरत १७ प्रकारका शिक्षकहरुका लागि एकै प्रकारको पोसाकको व्यवस्था गर्न पनि माग गरिएको छ ।
विज्ञप्तिमा देशभरका सामुदायिक विद्यालयहरुमा कार्यरत दुई तिहाई अस्थायी, करार, लियन, राहत, कर्मचारीलगायतलाई पनि सरकारी निकायबाटै पोसाक भत्ता नदिएसम्म सरकारले तोकेको पोसाक नलगाउन सबै स्थायी शिक्षकहरुलाई समेत आह्वान गरिएको छ ।
यसैगरी नेपाल राहत शिक्षक संघर्ष समिति चितवनले पनि विज्ञप्ति जारी गरी सरकारले सबै शिक्षकहरुलाई पोसाक भत्ता व्यवस्था नगरेसम्म पोसाक नलगाउन आग्रह गरेको छ । अध्यक्ष टेकनाथ अर्यालद्वारा जारी विज्ञप्तिमा सामुदायिक विद्यालयमा पढाउने करिब एक लाख शिक्षकहरुलाई समेत पोसाक भत्ता उपलब्ध गराइनुपर्ने माग गरिएको छ । सरकारले पोसाक भत्तामा भेदभाव गरेको भन्दै संघर्ष समितिले आपत्ति जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment