Wednesday, August 22, 2012

सनगोल्ड ब्रुअरीमा मजदुर आन्दोलन

नवलपरासी । चौंधरी ग्रुपअन्तर्गत सञ्चालित सनगोल्ड ब्रुअरी प्रालिमा कार्यरत मजदुरहरु तलब तथा सुविधा वृद्धिको माग गर्दै आन्दोलित भएका छन् । आन्दोलनका क्रममा उनीहरुले बुधबार हातमा कालोपट्टी बाँधेर काम गरेका हुन् ।
उद्योग व्यवस्थापनसमक्ष पटकपटक अनुरोध र मागपत्र पेस गर्दासमेत सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको मजदुरहरुले जनाएका छन् । आफ्ना मागहरु सम्बोधन नभए भाद्र १० गतेदेखि अनिश्चितकालीन उत्पादन बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
अन्दोलनका कार्यक्रमअन्तर्गत भाद्र ३ देखि ६ गतेसम्म हातमा कालोपट्टी बाँधेर दैनिक एक घण्टा नाराबाजी गर्ने, ७ र ८ गते दैनिक दुई घण्टा नाराबाजी गर्ने र १० गतेदेखि अनिश्चितकालीन रुपमा उत्पादन बन्द गर्ने रहेका छन् ।
विसं २०५० सालमा दर्ता भई विसं २०५३ सालदेखि उत्पादन सुरू गरेको ब्रुअरीले अहिले दैनिक पाँच हजार कार्टुन बियर उत्पादन गर्दै आएको छ । मजदुरहरुले विगत १६ वर्षयता पहिलो पटक उद्योग व्यवस्थापनसमक्ष माग पेस गरेको जनाएका छन् । उद्योगमा हाल ११६ जना कर्मचारी कार्यरत छन् ।ु


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी