नारायणगढ । नेपाली काँग्रेस चितवनको नयाँ नेतृत्व निर्विरोध चयनको लागि पहल सुरु भएको छ ।
निर्विरोध चयनको लागि गठन भएको पहल समितिले बुधबारबाट औपचारिक छलफल सुरु
गरेको हो । पहल समितिले अध्यक्षमा उम्मेद्वार दिनेहरुलाई कमलनगरस्थित
पार्टी कार्यालयमा बोलाएर निर्विरोध गराउन पहल गरेको थियो ।
पहल समितिका संयोजक शेषनाथ अधिकारीले निर्विरोध कार्यसमिति गठनको लागि सकारात्मक कुरा भइरहेको जानकारी दिनुभयो । ‘छलफल भइरहेको छ, हाम्रो प्रयास जिल्ला कार्यसमिति निर्विरोध चयन गर्नेमा रहन्छ’ अधिकारीले भन्नुभयो ।
भदौ १५ गते हुने अधिवेशनमा सभापति पदमामात्र १० जनाको उम्मेद्वारी घोषणा भएको कुरा जानकारीमा आएको छ । पार्टी कार्यालयमा भएको छलफलमा उम्मेद्वारी दिने भनिएका १० जनाको उपस्थिति रहेको थियो ।
निर्विरोध कार्यसमिति चयनको लागि मापदण्ड बनाउन पहल समितिलाई जिम्मेवारी दिइएको छ । पहल समितिले यस विषयमा विभिन्न पेसाकर्मीसँग पनि छलफल गर्ने जनाएको छ । समितिले आज बिहीबार बिहान मापदण्ड निर्माणको लागि छलफल गर्ने जानकारी दिएको छ ।

No comments:
Post a Comment
Thanx for your comment