चैनपुर । पूर्वी चितवनको चैनपुरका कृषक सुरेश बस्नेतले पालेको थप ३१ घार माहुरी मरेका छन् । चिनीको बोरामा भएको विषाक्त पदार्थका कारण गएको बुधबार ४२ घार माहुरी मरेको बस्नेतले दावी गर्नुभयो ।
११० घार माहुरी पालेका बस्नेतको शुक्रबारसम्म ७३ घार मौरी मरिसकेका छन् । फूल नफुल्ने मौसम भएकाले चिनीको चास्नी खुवाउने क्रममा विषाक्त चास्नी ख्वाएपछि माहुरी मरेको बस्नेतको दावी छ ।
बाँकी रहेका घारका अन्य माहुरी प्राथमिक उपचार गर्दापनि बचाउन नसकिएको बस्नेतले भन्नुभयो । माहुरीलाई बचाउन ग्लुकोज खुवाइएको र घार पनि सफा गरिएको तर माहुरी मर्नेक्रम नरोकिएको उहा“ले जानकारी दिनुभयो ।
बा“की रहेका माहुरी पनि बाँच्ने सम्भावना नदेखिएको उहा“ले बताउनुभयो । अहिलेसम्म मरेका माहुरीबाट सात लाख रुपैयाँ घाटा भएको कृषक बस्नेतको भनाइ छ । चास्नीका लागि कृषक बस्नेतले किनेको चिनीको बोरामा मुसा मार्न प्रयोग गरिने विषादी मिसिएको र त्यही चिनीबाट बनाएको चास्नी खुवाउँदा माहुरी मरेको बस्नेतले बताउनुभयो ।
कृषक बस्नेतले सो चिनी पिठुवा–२ मा रहेको सिंखडा किराना पसलबाट खरिद गरेको र सो पसलले रत्ननगरको ढकाल किराना पसलमार्फत चिनी लग्नुभएको थियो ।
चिनीको बिक्री केन्द्रमा छापा
चिनीपानी खाएर ७२ घार माहुरी मरेपछि जिल्ला प्रशासन कार्यालयले चितवनका खाद्य पसल तथा चिनीका थोक बिक्री केन्द्रहरुमा छापा मारेको छ ।
जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक नवीन देउजाको नेतृत्वको एक टोलीले शुक्रबार पसलहरुमा छापा मारी श्रीराम सुगर मिलले उत्पादन गरेको ४३ बोरा चिनी बिक्री वितरणमा रोक लगाएको हो ।
अनुगमन टोलीले पूर्वी चितवनका विभिन्न पसलमा छापा मारेर ४० बोरा चिनीको बिक्रीमा रोक लगाउनका साथै नारायणगढको अन्नपूर्ण सप्लायर्समा रहेको तीन बोरा चिनीलाई पनि नियन्त्रणमा लिएको छ । टोलीले नारायणगढको अन्नपूर्णसहित नौलो पसल, साल्ट ट्रेडिङ् लिमिटेडको नारायणगढ डिपो, महेश खाद्यान्न भण्डार एण्ड पूजा ट्रेडर्स र दन्त पशुपति किराना भण्डारमा छापा मारेको हो ।
‘श्रीरामको उत्पादनमा विषादी मिसिएको आशंकामा चिनी र चास्नीलाई परीक्षणका लागि काठमाडौं पठाएका छाँै’, खाद्य निरीक्षक देउजाले भन्नुभयो, ‘नमुना परीक्षणको नतिजा नआउँदासम्मलाई उक्त मिलको उत्पादनलाई बिक्रीमा रोक लगाएका हौं ।’

No comments:
Post a Comment
Thanx for your comment