भरतपुर । क्यान्सरपीडित एक विद्यार्थीका अभिभावकले सहयोगका लागि सबैलाई आग्रह गरेका छन् । बैरेनी–९ धादिङका २२ वर्षीय क्यान्सरपीडित रवि अधिकारीका बुबा बद्रीप्रसाद अधिकारीले सबैलाई सहयोगका लागि अपिल गर्नुभएको हो ।
छोरालाई उपचारका लागि १८३ युनिट रगत आवश्यक भएको अस्पतालले जनाएको भन्दै उहाँले ‘ओ’ पोजेटिभ रगत भएका सबैलाई सहयोगका लागि आग्रह गर्नुभएको हो । ‘अस्पतालले ताजा रगतका लागि बाहिर रक्तदातालाई तयारी अवस्थामा राख्न भनेको छ’, उहाँले भन्नुभयो, ‘यहाँहरु सबैको एकएक थोपा रगतले मेरो छोराले नयाँ जीवन पाउन सक्छ ।’
हिमालयन इन्जिनियरिङ कलेज काठमाडौंमा बीई तेस्रो वर्षमा अध्ययनरत अधिकारीको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
अधिकारीका लागि चितवन पोष्ट राष्ट्रिय दैनिकले रक्त संकलन अभियान सञ्चालन गरेको हुँदा ‘ओ’ पोजेटिभ रक्तसमूह भएका रक्तदाताहरुलाई चितवन पोष्ट राष्ट्रिय दैनिकको कार्यालयमा सम्पर्क राख्न पत्रिकाले आग्रह गरेको छ ।

No comments:
Post a Comment
Thanx for your comment