काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम 
भट्टराईले त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल कार्यकारी परिषद्लाई 
बरिष्ठता र योग्यताका आधारमा आजै डीन नियुक्त गर्न शिक्षामन्त्रीलाई 
निर्देशन दिनुभएको छ ।
शिक्षामन्त्री, उपकुलपति, डीन, रेक्टर, 
रजिष्टार्ड र मुख्य सचिवसँगको छलफलमा प्रधानमन्त्रीले आजै नजिता आउनेगरि 
निर्णय गर्न र अनसन बसिरहेका चिकित्सक डा. गोविन्द केसीको अनसन तोड्ने 
स्थीति बनाउन परिषद्लाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले 
जनाएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थानको डीन 
लगायतका पदाधिकारी नियुक्तिमा बरिष्ठतालाई आधार बनाउनुपर्ने र राजनीतिक 
भागबण्डाका आधारमा कनिष्ठलाई नियुक्त गर्ने प्रकृया रोकिनुपर्ने भन्दै 
चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्रीले समस्या समाधानका लागि पहल
 थाल्नुभएको हो ।
प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका 
अनुसार आजै नयाँ डीन नियुक्त गरेपछि अनसन बसिरहनुभएका चिकित्सक डा. केसीले 
पनि आजै अनसन तोड्ने अपेक्षा गरिएको छ ।
चिकित्सकहरु भने आज र भोली देशभरका 
स्वास्थ्यसंस्था बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज बिहान 
गोविन्द केसी बचाउन दबाब दिंदै शिक्षण अस्पतालमा धर्ना पनि दिए ।
vie : onlinekhabar 
No comments:
Post a Comment
Thanx for your comment