नारायणगढ । ‘पल्लव साहित्य प्रतिष्ठान’को
बैठकले आगामी भदौ १० गते स्रष्टा सम्मान, कृति विमोचन तथा साहित्यिक गोष्ठी
गर्ने निर्णय गरेको छ । वरिष्ठ व्याकरण–भाषाविद्, छन्दमार्गी कवि एवम्
साहित्यकार श्री डा. टङ्कप्रसाद न्यौपानेज्यूलाई ‘दुल्लभ लामिछाने स्मृति
पुरस्कार’ रू. ५,१११।– नगदसहित पल्लव राष्ट्रिय साहित्य सम्मान–२०६९,
वरिष्ठ समालोचक एवम् साहित्यकार श्री दधिराज सुवेदीज्यूलाई
‘बोधनाथ–हिमकुमारी लामिछाने स्मृति पुरस्कार’ रू. ५,१११।– नगदसहित पल्लव
राष्ट्रिय साहित्य सम्मान–२०६९, बाल उपन्यासकार, बाल काव्यकार एवम् बाल
साहित्यकार श्री ललिता ‘दोषी’ज्यूलाई ‘शेषनाथ लामिछाने स्मृति बाल
पुरस्कार’ रू. ५,१११।– सहित पल्लव राष्ट्रिय साहित्य सम्मान–२०६९,
महाकाव्यकार तथा वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्माज्यूलाई पल्लव
राष्ट्रिय साहित्य सम्मान–२०६९, गजलकार, कवि एवम् साहित्यकार श्री युसुफदिन
मियाँ ‘पाल्पाली’ज्यूलाई पल्लव साहित्य सम्मान–२०६९ र कवि, गजलकार एवम्
युवा साहित्यकार श्री लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’ज्यूलाई पल्लव साहित्य
सम्मान–२०६९ द्वारा विभूषित गरिने निर्णय प्रतिष्ठानले गरेको छ ।
साथै, सो कार्यक्रममा लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’ज्यूद्वारा लिखित ‘आमाको स्मृतिमा’ शोककाव्य, युसुफदिन मियाँ ‘पाल्पाली’ज्यूूद्वारा लिखित ‘एक बहर एक गजल’ शास्त्रीय सूत्रमा आधारित गजलसङ्ग्रह र ‘रोशनी’ गीतिलयमा आधारित गजलसङ्ग्रह तथा ‘पल्लव साहित्यिक पत्रिका’ १७ औँ अङ्कको पनि विमोचन गरिने कुरा पल्लव साहित्य प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
भदौ १० गतेको कार्यक्रममा डोटी, कञ्चनपुर, बैतडी, कपिलवस्तु, भैरहवा, काठमाडौँ, नवलपरासी, तनहुँ, धादिङ, मोरङ, सुनसरी, धनकुटा, झापा, मकवानपुरलगायत २० देखि २२ जिल्लाका स्रष्टाहरुको सहभागिता रहने कुरा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ले बताउनुभएको छ ।

No comments:
Post a Comment
Thanx for your comment