Sunday, August 26, 2012

‘मृगौला विक्री मानव बेचबिखनसरह’

नारायणगढ । मृगौलाको बेचबिखन पनि मानव बेचबिखनसरहकै अपराध भएको सरोकारवालाहरुले बताएका छन् ।
भरतपुरमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) ले आइतबार आयोजना गरेको समन्वय बैठकमा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा कानुन व्यवसायीहरुले मृगौलाको विक्री मानव बेचबिखनमा पर्छ भन्ने कुरा कमैलाई मात्र थाहा भएको बताएका छन् ।
आफ्नै एकल परिवारभित्रको बाहेक अन्यको मृगौला आफ्नै काका मामाले किड्नी दिएपनि त्यो अवैध भएको उनीहरुको भनाइ छ ।
कार्यक्रममा  चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले आफूलाई पनि मृगौलाको कारोबार मानव बेचबिखनअन्तर्गत हो भनेर आजै
(कार्यक्रमको दिन आइतबार) थाहा पाएको भन्दै यसलाई प्रचारमा लैजानुपर्ने बताउनुभयो । चितवनका जिल्ला न्यायाधिवक्ता संजिव रेग्मीले यसविरुद्ध कुनै पनि मुद्दा नपरेकाले जानकारीमा आउन नसकेको बताउनुभयो ।
यस्ता अपराधहरु समाजमा मौलाउन थालेकाले आफूहरुले चेतनामूलक कार्यक्रम सुरू गरेको सेलर्डका कार्यक्रम संयोजक एवम् अधिवक्ता विनोद लामिछानेले बताउनुभयो । उहाँकाअनुसार मानिसलाई १२ लाखसम्म रकम दिने भनेर लगेपनि ५०, ६० हजार दिएर दलाल फरार हुने गरेको पाइएको छ ।
सेलर्डले चितवन जिल्लामा गरेको समन्वय बैठकमा काभ्रेमा भएका मृगौला बेचबिखनको विषयमा तयार पारिएको डकुमेन्ट्री प्रस्तुत गरेको थियो । उहाँले हालैमात्र चिवतनको भरतपुर, रत्ननगरलगायत विभिन्न क्षेत्रमा कार्यक्रम भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम चितवनमा जारी रहने बताउनुभयो ।





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी