Sunday, August 26, 2012

वरिष्ठ प्रहरी उपरीक्षकले फसाउन खोजेको आरोप

भरतपुर । वरिष्ठ प्रहरी उपरीक्षकसहितका व्यक्तिहरुले आफूलाई गलत मुद्दा लगाइ फसाउन खोजेको आरोप चितवनका एक व्यक्तिले लगाएका छन् । भरतपुर कटहरचोकमा बस्ने गुनबहादुर थापा ‘शम्भु’ले लागूऔषध नियन्त्रण कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज सिलवालसहितका व्यक्तिहरुले आफूलाई झुटो मुद्दा लगाई फसाउन खोजेको आरोप लगाएका हुन् ।
व्यावसायिक सिलसिलामा सिलवालसँगबाट करिव तीन करोड रुपैयाँ लिएको र त्यसको केही महिनापछि नै सावाँ र व्याजसहित चार करोडभन्दा बढी बुझाइसके पनि आफूले धितोबापत राखेको जमानी फिर्ता नगरेको थापाको आरोप छ । ‘मलाई धितोबापतको सम्पत्ती फिर्ता माग्दा हत्या गर्ने सम्मको धम्की दिइएको छ’, उनले भने ।
आफूले ज्यानको सुरक्षा तथा जालसाँची गरेको भन्दै सिलवालउपर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि कुनै ध्यान नदिइएको समेत उनको आरोप थियो । रियल स्टेट, काठको व्यवसाय तथा सिन्धुपाल्चोकमा रिर्साेट सञ्चालन गर्दै आएका थापा क्षेत्री समाज सिन्धुपाल्चोकका अध्यक्ष, सिन्धु एकीकृत विकासका लागि गठित कार्यदलका संयोजक हुन् ।
यसअघि थापाको नाम भरतपुर कारागारभित्र हत्या गरिएका
तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्याको योजनाकारको रुपमा विभिन्न सञ्चार माध्यमहरुमा पनि आएको थियो ।
आइतबार भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले शिव पौडेलको हत्यामा आफ्नो नाम आएको विषयमा छानविन गर्नसमेत माग गरे ।  ‘यदी म दोषी
हो भने म खुलेआम हिँडेको छु मलाई नियन्त्रणमा लिएर कारबाही गर्नुुस्’, उनले भने ।
आफू शिव पौडेलको हत्याको बेला चितवन मै भएपनि त्यसबारेमा थाहा नभएको उनको भनाइ थियो । हत्याका पछाडि आफनो नाम आउनु पनि सिलवालकै षडयन्त्र भएको उनको आरोप छ ।





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी