सिद्धिका ८३ वर्षीय बन्दीपुरे चेपाङ ओडारमा बसेको समाचार सार्वजनिक भएपछि चेपाङलाई भेट्न प्रधानमन्त्री चितवन आउन लाग्नुभएको हो । प्रधानमन्त्री डा.भट्टराई चितवनको पहाडी क्षेत्र सिद्धि गाविस भवनमा बस्नुहुने बताइएको छ । बस्नका लागि सम्पूर्ण तयारी गरिएको छ भने खानाका लागि नारायणगढबाट क्याटरिङ टोली आज बुधबार पु¥याइने छ ।
प्रधानमन्त्रीको भ्रमणको तयारीका क्रममा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको नेतृत्वमा जिल्लास्थित सुरक्षा प्रमुखहरुले शक्तिखोर गाविसको अवलोकन भ्रमण गरेका छन् ।
प्रधानमन्त्रीको भम्रणलाई मध्यनजर गर्दै सिद्धि–शक्तिखोर सडकखण्ड मंगलबार राति अबेरसम्म मर्मतसुधार गरिएको छ ।
सिद्धिका बन्दीपुरे चेपाङलाई भेट्न ठाडो खोला र सडकको असुविधाका कारण प्रधानमन्त्री उनी बसेकै ठाउँमा भने पुग्न नसक्ने अवस्था देखिएको छ । तर बन्दीपुरेलाई सिद्धिको गाविस भवनमा ल्याएर नै प्रधानमन्त्रीसँग भेट गराउने तयारी भइरहेको जिल्लास्थित उच्च सुरक्षा श्रोतले बताएको छ ।
प्रधानमन्त्रीसँगै मुख्य सचिव लीलामणि पौडेल पनि आउदै हुनुहुन्छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा चेपाङ बस्तीमा गरिबी निवारणका लागि गरिबी निवारण कोषले झण्डै तीन करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने तयारी गरिरहेको बताइएको छ ।
No comments:
Post a Comment
Thanx for your comment