नारायणगढ । सामुदायिक विकास तथा सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक टेलिभिजन बेसो च्यानलले मंगलबार आफ्नो स्थापनाको बाह्रौँ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले सञ्चारमाध्ययमले सत्यतथ्य प्रमाणित गरेरमात्र सूचनाको सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । ‘स्थानीय सञ्चारमाध्यमले सम्प्रेषण गरेका सूचना तथा समाचारले जिल्लामा मह¤वपूर्ण प्रभाव पार्ने हुँदा सत्यतामा आधारित रहेर समाचार सम्प्रेषण गर्नुस्’, उहाँले भन्नुभयो । आफूले सधँै स्थानीय सञ्चारमाध्ययम हेर्ने, सुन्ने तथा पढ्ने गरेको उहाँको भनाइ थियो ।
त्यस्तै स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाले विगतको युद्धको समयमा स्थापना भएर स्थानीय जनतालाई सुसूचित गर्दै अगाडि बढ्न सफल भएको भन्दै टेलिभिजनको सह्राना गर्नुभयो ।
यसैबीच आगामी दसैँसम्ममा टेलिभिजनले भू–सतही प्रणालीबाट आफ्नो प्रसारणलाई मध्यनेपालका विभिन्न जिल्लामा पु¥याउने संस्थाका प्रवन्ध निर्देशक भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपाल, प्रेस युनियनका अध्यक्ष बसन्त पराजुली, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सहन प्रधान, नगरस्तरीय टोल सुधार समन्वय समितिका अध्यक्ष हिरामणि अधिकारी, प्याव्सन चितवनका अध्यक्ष वेलबहादुर गुरुङ, सञ्चालक समिति सदस्य भुवन नेपालीले बोल्नुभएको थियो ।
च्यानले १२आँै वार्षिकोत्सव मनाउनेक्रममा साताव्यापी कार्यक्रम गरी मंगलबार समापन कार्यक्रम सञ्चालन गरेको हो ।
our chitwan woow
ReplyDeleteit's our pride
Delete