नारायणगढ । नारायणगढका दुई होटलमा सोमबार बिहान आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । नारायणगढको पुलचोकमा रहेको पर्वत मिष्ठान्न भण्डारबाट सरू भएको आगोले नजिकैको तमु होटललाई समेत क्षति पु¥याएको हो ।
बिहान करिब छ बजे ग्यास लिक भएर आगलागी सुरू भएको स्थानीयको भनाइ छ । बिहान उठेर खाना पकाउँदै गर्दा एक्कासि आगो सुरू भएको हुनसक्ने प्रहरीले बताएको छ ।
आगलागीबाट पर्वत मिष्ठान्न भण्डारको करिब सात लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पर्वतबाट फैलिएको आगोले नजिकैको तमु होटललाई समेत टिप्दा उक्त होटलको करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आगोलाई भरतपुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा प्रहरीले बिहान साढे छ बजेपछि नियन्त्रणमा लिएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment