नेपालले अस्ट्रेलियामा भइरहेको आइसिसी यु-१९ विश्वकप क्रिकेटमा दोस्रो
विजय हात पारेको छ। नेपालले आज पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै
यो प्रतियोगितामा तेह्रौ स्थान हासिल गरेको छ ।
ब्रिसवेन स्थित पिटर ब्रुग ओवल मैदानमा टस जितेर व्याटिङमा उत्रेको पपुवा न्युगिनीले ३३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । नेपालले ९० रनको लक्ष्य पाएको थियो ।न्युगिनीलाई सस्तैमा समेट्ने क्रममा नेपालका तर्फबाट राहुल विश्वकर्माले ६ दशमलव १ ओभर वलिङ गर्दै ४ ओभर मेडेन राखेका थिए । उनले जम्मा ४ रन खर्चेर ६ विकेट लिएका थिए।
पपुवा न्युगिनीको तर्फबाट एस बाउले सर्वाधिक २१ रन बनाउन सफल भए । अरु खेलाडी सबै सस्तैमा समेटिएका थिए । ९० रनको लक्ष्य पछ्याएको नेपालले १८ दशमलव ५ ओभरमा नै पूरा गर्यो । ४ विकेटको क्षतिमा नेपालले ९० रन बनाउन सक्यो । नरेश बुढाऐरले ३७ बल खेल्दै २७ रन बनाए । यसैगरी ओपनर सुवास खकुरेल डक आउट भए । जितसँगै नेपालले यु-१९ विश्वकप क्रिकेटमा तेह्रौ स्थान हासिल गरेको छ ।
vie : nagriknew

No comments:
Post a Comment
Thanx for your comment