नेपाली चलचित्रको पर्दामा वेश्या पुरुषको खोजी भएको छ । प्रायः जसो कर्ल
गलको कथामा सिनेमा वन्दै आएपनि अब वेश्या पुरुषको कथामा सिनेमा निर्माण
हुने भएको छ । वेश्या पुरुषको कथामा वन्न लागेको चलचित्र ‘जिगीलो’ को
वुधवार काठमाण्डौमा शुभमुहुर्त गरीएको छ । शुभमुहुर्तको निर्देशन निर्माता
संघका अध्यक्ष राजकुमार राईले गरेका थिए । चलचित्रका संगीतकार अर्जुन
पोखरेलले क्ल्याप हानेको शुभसाईत समारोहमा नायक प्रभावकर श्रेष्ठ र नव
नायिका माही सिलवालले संवाद वोलेका थिए ।
चलचित्रमा पुरुष वेश्याको भुमिकामा नायक प्रभावकर श्रेष्ठ देखिदैछन् । चलचित्रको छायांकन काठमाण्डौ, मुम्बई, गोवा र सिंगापुरमा गरीने छ । २० दिन काठमाण्डौमा छायांकन गरेर चलचित्रको युनिट सिंगापुर पुग्ने छ । तिलक ईन्देनको निर्देशनमा वन्न लागेकोे सिनेमालाइ राजु श्रेष्ठ र अरुणिमा श्रेष्ठले निर्माण गर्न लागेका हुन् । चलचित्रमा रत्न कार्कीको छायांकन, अजय स्याङताङ र सुमन महर्जनको नृत्य निर्देशन रहने छ ।
चलचित्र ‘जिगीलो’ एड्सको कथामा वन्ने छ । वाध्यताले गर्दा पुरुष वेश्या बनेको एक युवकको जीवनमा आउने मोडहरुलाई जिगीलोले समेट्ने जानकारी शुभसाईत समारोहमा गराईयो । चलचित्रलाई विदेशमा समेत देखाउने योजना निर्माण पक्षको छ ।vie: onlinekhabar

No comments:
Post a Comment
Thanx for your comment