Friday, August 31, 2012

नारायणी नदीको संरक्षण गर्न समिति गठन

नारायणगढ । उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष रामप्रसाद श्रेष्ठको संयोजकत्वमा नारायणी नदी संरक्षण एवम् विकास समितिको सात सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
नवगठित समितिका अन्य सदस्यहरुमा जिल्ला विकास समिति चितवनका स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोला र योजना अधिकृत दुर्गाभक्त शर्मा ढकाल, भरतपुर नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम कँडेल र इञ्जिनियर भोजराज कौडेलकासाथै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई र निवर्तमान अध्यक्ष उत्तमलाल चुके रहनुभएको छ । 
उद्योग वाणिज्य संघ–चितवन, जिल्ला विकास समिति चितवन र भरतपुर नगरपालिकाका पदाधिकारीहरुको उपस्थितिमा शुक्रबार उवासंघ चितवनको सचिवालयमा बसेको बैठकले सो तदर्थ समिति गठन गरिएको हो ।
नारायणी नदीको संरक्षण र विकासको लागि उद्योग वाणिज्य संघ–चितवन, जिल्ला विकास समिति चितवन र भरतपुर नगरपालिकाको सामूहिक प्रयासमा नारायणी नदी किनार सुन्दर चौरको रुपमा विकास भइरहेको छ । जसलाई एउटा छुट्टै संस्था दर्ता गरेर सो क्षेत्रको योजनाबद्ध ढङ्गले विकास गर्ने उद्देश्यले सो समिति गठन गरिएको संघले जनाएको छ ।
नवगठित तदर्थ समितिले अबदेखि नदी किनारमा कुनैपनि कार्यक्रम तथा क्रियाकलापहरु गर्दा अनिवार्य रुपमा स्वीकृत लिन सम्बन्धित व्यक्ति तथा संस्थालाई अनुरोध गरेको छ भने अन्य भौतिक संरचना निर्माण नगर्न पनि अनुरोध गरेको छ । 


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी