Wednesday, August 22, 2012

कलडिटेल बिक्रीमा, एक इमेल नै काफी

काठमाण्डौं । अपराध अनुसन्धानको प्रयोजनका लागि मात्र कलडिटेल उपलब्ध गराउनु पर्ने भएपनि पछिल्लो सयम यसको दुरुपयोग हुन थालेको छ । यसले नेता, उद्योगपति, कलाकार कसैका पनि फोन संवाद सुरक्षित छैनन् । व्यक्तिगत गोपनीयता प्रहरीको तजबिजमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या अनुसन्धान गर्नेक्रममा प्रहरीले पाँच लाख व्यक्तिको फोन सम्पर्क र एसएमएसमाथि अध्ययन गरेको थियो । जसमा देशमा ठूला नेतासम्म पर्दछन् । प्रहरीको एक इमेलकै भरमा दुरसञ्चार कम्पनीबाट कलडिटेल आउने गरेको छ । यसलाई दुरुपयोग गर्दै प्रहरीले पैसाका लागि पनि कल डिटेल मगाएर व्यक्तिलाई दिने गरेको सर्वसाधारणको गुनासो रहेको छ ।
करिब ६ महिना अघि प्रहरीले कलडिटेल निकालेर गोपनियता हनन गरेको भन्दै पोखरामा विवाद भएको थियो । त्यस्तै एक बर्ष अघि कलडिटेल निकालिदिन्छु भनेर घुस खाएको आरोपमा ललितपुर परिसरका मुख्य शाखाका सई कारबाहीमा परेको खबर नयाँ पत्रिका दैनिकमा छ ।
केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख उपेन्द्र अर्यालका अनुसार अनुसन्धानका क्रममा जोसुकै व्यक्तिको पनि फोन सम्पर्क र एसएमएसको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई छ । तर त्यसको दुरुपयोग गर्न नहुनेमा आफुहरु सचेत रहेको पनि उनले बताए ।
अनुसन्धानबाहेक प्रहरीले व्यक्तिगत प्रयोजनका उद्देश्यले फोन सम्पर्कमाथि अनुसन्धान गर्नु मौलिक हकको ठाडो उलंघन भएको भन्दै अधिवक्त डा. चन्द्रमणि ज्ञवालीले यदी त्यसो भए गोपनियताको हक अनुसार त्यसविरुद्ध अदालतमा मुद्धा हाल्न सकिने बताए ।
vie : onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी