Wednesday, August 22, 2012

लडाकू शिविरको भ्रष्टाचारबारे छानविन सुरु

काठमाण्डौ । एकीकृत नेकपा माओवादीद्धारा गठित आयोगले लडाकूहरुको शिविरमा भएको भ्रष्टाचारको छानविन थालेको छ ।
गठन भएको एक महिनापछि बुधबार पहिलो पटक बसेको आयोगको बैठकले छानविन प्रक्रिया अघि बढाउँदै शिविरमा भएको भ्रष्टाचारबारे उजुरी आहृवान गरेको छ । ‘हामीले आज (बुधबार)बाट काम थालेका छौँ, आयोग सदस्य हितराज पाण्डेले अनलाइनखबरसँग भन्नुभयो ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले ब्रिगेड स्तरसम्मको फाइल मगाउने निर्णय गरेको छ ।

आयोगले यसअघि नन्दकिशोर पुन ‘पासाङ’ नेतृत्वको जनसैन्य प्रतिष्ठान र सातवटै मुख्य शिविरसँग हिसाबकिताब मागेको छ । फाइल अध्ययनपछि सम्बन्धित शिविरका कमाण्डर तथा सदस्य र लेखा विभागका लडाकूहरुसँग सोधपुछ गरिने छ । अनियमितताबारे छानविनका क्रममा आयोगका सदस्यहरु सातवटै मुख्य र सहायक शिविर जान सक्नेछन् ।
२० गतेभित्र उजुरी दिन आहृवान
आयोगले आगामी २० भदौसम्म अभियमिताको प्रमाणसहित लिखित उजुरी दिन भनेको छ । आयोगको केन्द्रीय कार्यालयमा उपस्थित भएर वा टेलिफोन तथा इ-मेलमार्फत पनि उजुरी दिन सक्ने छन् । स्थलगत अध्ययनका क्रममा पनि उजुरी संकलन गरिने तर, वेनामी उजुरी भने नलिने अर्का एक सदस्यले बताए ।
आयोगले बुधबारै सैन्य प्रमुख पुनसहित पूर्वडेपुटी कमाण्डरहरुसँग छलफल गरेको छ । सैन्य प्रमुख पुनसहित, पूर्वडेपुटी कमाण्डरत्रय वर्षमान पुन, जनार्दन शर्मा र चन्द्रप्रकाश खनाललाई केन्द्रीय कार्यालय पेरिसडाँडा बोलाएर छुट्टा-छुट्टै छलफल गरेको हो । ‘छानबिन प्रक्रिया कसरी अघि बढाउने भन्नेबारेमा कमाण्डरहरुसँग सुझाव लिएका हौं’ एक सदस्यले भने, ‘उहाँहरुले छानविन प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’
शिविरमा भएको भ्रष्टाचारको छानविनका माग गर्दै लडाकूहरुले बैठक नै अवरुद्ध पारेपछि माओवादीको विस्तारित बैठकले सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा पाण्डे र डोरप्रसाद उपाध्याय सदस्य रहेको आयोग गठन गरेको थियो भने डिभिजन कमाण्डरहरुले सामूहिक राजीनामा दिएका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी