रत्ननगर । रत्ननगर–३ बेल्सी हाजीपुर कालोपत्रे सडकको दुबै किनारमा आइतबार वृक्षारोपण गरिएको छ ।
हाजीपुर तथा सयपत्री टोल विकास संस्थाको संयुक्त आयोजना सडकको दायाँ बाँया २ किलोमिटरभित्र वृक्षारोपण गरिएको थियो । म्याङगो स्टिक र कपुरका आठ सय बिरुवा रोपिएको हाजिपुर टोल विकास संस्थाका अध्यक्ष शम्भुभक्त थपलियाले जानकारी दिनुभयो ।
जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सूर्यप्रसाद गौतम प्रमुख अतिथि रहनुभएको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश ढुंगाना, वेल्सी हाजीपुर सडक कालोपत्रे उपभोक्ता समितिका अध्यक्ष देवेन्द्रराज न्यौपाने, जिल्ला वन कार्यालयका सवनम पाठक, कृष्णकुमार अधिकारी र ऋषभराज थपलियालगायतले बोल्नुभएको थियो । हाजीपुर टोल विकास संस्थाका अध्यक्ष शम्भु भक्त थपलियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment