भरतपुर । चितवनको पहाडी गाविस सिद्धि देउजरका उमेरले ७० काटेका नरबहादुर प्रजाको नाममा कुनै जग्गाजमिन छैन । ऐलानी जग्गामा बनेको पानी चुहिने छाप्रो नै उनको ओत लाग्ने थलो हो ।
नरबहादुर आफ्नी पत्नी शुक्रमाया र आठ छोराछोरीसहित त्यही छाप्रोमा खोले, ढिँडो र गिठाका भरमा जीवन गुजार्दै आएका छन् । वर्षको छ महिना भोकमरी हुने भएपछि जङ्गलमा गिठा र भ्याकुर खोज्न चेपाङको भीड नै लाग्ने गर्दछ ।
पुर्खाका पालामा जङ्गल र ओडारमा बसे पनि आफ्ना पालामा गाउँकै खोरिया फाँडेर छाप्रो बनाएका हुन् उनीहरुले । खोरियामै लगाएको मकै, कोदो र जङ्गली गिठा, भ्याकुरका भरमा वर्ष दिन बाँच्नुपर्ने चेपाङ परिवार छ महिनाभन्दा बढी समय त भोकसँग जुधिरहेका हुन्छन् ।
सुत्केरी महिलाले समेत अन्न र उपचारको मुख देख्न नपाउने विकराल समस्या छ सिद्धिको चेपाङ गाउँमा । खोरियामा पनि सधैँ एक व्यक्तिले अन्न लगाउन नपाउने परम्परा छ त्यहाँ । तीन वर्ष एकजनाले उपभोग गरेपछि अर्को तीन वर्ष अर्कैले उपभोग गर्ने प्रचलन छ । त्यसैले नामै छ तीनसाले खोरिया ।
‘खोरिया पनि वनले खोस्न लाग्यो अब त मकैको ढिँडो पनि खान नपाउने भयो’, नरबहादुर आफ्नो दुःखेसो पोख्छन् । जङ्गल छेउछाउको खोरियाका रुख मासिएको भन्दै जिल्ला वन कार्यालय, चितवनले चेपाङले प्रयोग गरिरहेका तीनसाले खोरियाहरु खोस्न थालेको छ–उनले थपे ।
खाद्यान्न अभावमा अझै पनि जङ्गली कन्दमूल खान बाध्य नरबहारदुरजस्ता सिद्दीका चेपाङ समुदाय आफ्ना खोरिया पनि खोसिन थालेपछि चिन्तित देखिन्छन् । तीन वर्ष भए पनि सिस्नु र खोले त पाइन्थ्यो, अब छोराछोरीलाई के खुवाउने खै–सिद्धि मझवाङकी माया प्रजा प्रश्न गर्छिन् । गाउँमा खानेकुराको अभावमा सुत्केरी हुँदासमेत भोकभोकै बस्नुपरेकोे पीडा उनले सुनाइन् ।
यसपालीदेखि नै खोरिया छाड्न भनिसके, कि त यसलाई वैधानिकता दिनुप¥यो कि त अन्य विकल्प दिनुप¥यो–चेपाङ अगुवा महेन्द्र प्रजाले गत बुधबार प्रधानमन्त्री डा बाबुराम भट्टराई चेपाङ गाउँमा आउनुभएका बेला सो कुरा राखे । साथै उनीहरुले आपूmहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीसहित तीनसाले खोरिया कमाउने कामबाट मुक्त गराइ लालपुर्जा दिनुपर्ने मागसहितको ज्ञापनपत्रसमेत प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए ।
विकट गाउँ सिद्धिका घरबारविहीन चेपाङ समुदाय ओडारमै जीवन बिताउन बाध्य छन् । खोलानालामा बाढीले उनीहरुलाई आवतजावत गर्न समस्या छ, बाढी आएको बेला ज्याला मजदुरी गर्न पनि कतै जान पाउँदैनौँ–स्थानीय बुद्धिबहादुर प्रजाले सुनाए । गाउँमा खानेपानीको पनि समस्या छ । खानेपानीका लागि कम्तीमा एक घन्टा धाउनु परेको छ–सावित्री चेपाङले भनिन् ।
प्रधानमन्त्री डा भट्टराईसमक्ष सिद्धिका चेपाङ समुदायले आफ्ना दुःखेसो र समस्या खुलस्तसँग राखेका थिए । सत्तरी वर्षीय रत्नबहादुर प्रजाले भने–खोरिया फाँडेको जङ्गल पनि सरकारले कब्जा ग¥यो, त्यो फुकाइ पाउँ । युवा चेपाङ राजकुमार प्रजाले खोरियाको विकल्पमा अन्य पेसामा पहुँच नभएकाले आपूmहरुलाई कम्तीमा हल्का सवारीसाधन चलाउन सक्नेसम्मको बनाइदिन माग गरे ।
चितवन सदरमुकाम भरतपुरबाट ४० किलोमिटर उत्तरमा सिद्दी गाउँ अवस्थित छ । सिद्धिका कुल चार हजार ८५ जनसङ्ख्यामध्ये एक प्रतिशतलाई मात्र वर्षभरि मुस्किलले खानपुग्छ भने बाँकी २७ प्रतिशतलाई छ महिना र ५१ प्रतिशतलाई तीन महिनामात्र खान पुग्छ ।
चितवनका सिद्धिजस्तै कोराक, काउले, लोथर, शक्तिखोरलगायतका पहाडी भेगमा ३० हजारको हाराहारीमा चेपाङ समुदाय बस्दै आएको बताइएको छ ।

No comments:
Post a Comment
Thanx for your comment