Monday, August 20, 2012

प्रस्तावित संस्थाको कार्यक्रममा सरकारी अतिथि !

आँपटारी । कुनै पनि सरकारी निकायमा दर्ता नै नभएको एक संस्थाले सोमबार नारायणगढमा गरेको कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सरकारी कार्यालय तथा सुरक्षा निकायका उच्च पदाधिकारीहरुको सहभागिता रह्यो । दर्ता नै नभई प्रस्तावित अवस्थामा रहेको दियालो बंगला बाल उद्यान विकास समितिको कार्यक्रममा उनीहरुको सहभागिता रहेको हो ।
समितिले आँपटारीस्थित दियालो बंगलाको नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गामा सोमबार वृक्षरोपण गरेको छ । कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाली काँग्रेसका निवर्तमान सचिव देवेन्द्र गुरुङ, एकीकृत माओवादीका खेमराज पौडेल, नेकपा एमालेका भक्ति गौतम, नेकपा मालेकी भगवती घिमिरे, भरतपुर नगरपालिकाका निमित्त कार्यकारी प्रमुख टीकाराम कँडेल, टोल विकास संस्था समन्वय समिति भरतपुरका अध्यक्ष हिरामणि अधिकारी, प्रमोदकुमार श्रेष्ठ, खेम भण्डारी, ओम पाण्डेलगायतको उपस्थिति थियो ।
‘वैधानिक रुपमा दर्ता नभएको संस्थामा जिल्लाका पदाधिकारीहरुलाई सहभागी गराएर वैधानिकता दिने काम गरियो’, चितवनका स्थानीय विकास अधिकारी बास्तोलाले चितवन पोष्टसँग भन्नुभयो, ‘वृक्षरोपणजस्तो राम्रो काम भनेर सहभागी भएको हो ।’
कुनै पनि गैरसरकारी संस्था भए सो जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने वा कम्पनी भए कम्पनी ऐन रजिष्टारको कार्यालयमा दर्ता गर्नुपर्ने भएपनि समिति कुनैपनि सरकारी निकायमा दर्ता भएको छैन । समितिका अध्यक्ष बद्री अधिकारी भने जग्गाको हकभोग नेपाल ट्रष्टसँग लिने प्रयास भइरहेकाले प्रक्रिया अगाडि बढ्ने दावी गर्नुहुन्छ ।
दियालो बंगला बाल उद्यान विकास समितिले दियालो बंगलाको ६ बिघा जग्गामा वृक्षरोपण गरेको हो । पहिलो दिन सोमबार एक सयवटा खजुरका बिरुवा रोपिएको र यसलाई बिस्तार गरी तीन सयवटा पु¥याइने लक्ष्य लिइएको छ । वृक्षरोपणपछि आयोजित कार्यक्रमका सभापति समिति संयोजक अधिकारी रहनुभएको थियो ।




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी